बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम
बैशाख १,लेखनाथ ।
नव वर्ष २०७८ को अवसर पारेर लेखनाथ उद्योग बाणिज्य संघले बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणमा लेखनाथ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश अन्तर्गत क वर्गको उद्योग वाणिज्य संघ मध्ये उत्कृष्ट स्थान हासिल गरेको अवसरमा संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरीद्धारा आयोजित कार्यक्रममा बधाई तथा शुभकामना कार्यक्रम राखिएको हो ।
कार्यक्रममा लेउवा संघका पूर्व अध्यक्ष एवं नेउवा महासंघका केन्द्रिय सदस्य गिरी र संघका अध्यक्ष बलराम ढकालद्धारा सम्पुर्ण कार्यसमिति, पूर्व कार्यसमिति र कर्मचारी परिवारलाई फुलका गुच्छा र टिकाद्धारा सवैलाई सम्मान तथा बधाई ज्ञापन गर्नुभएकोे थियो ।
उक्त अवसरमा नेउवा महासंघ केन्द्रिय सदस्य बावुराम गिरी, अध्यक्ष बलराम ढकाल, निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्व अध्यक्ष चतुराखर अधिकारी, बावुराम जमरकट्टेल, सुमन भट्टराई, लक्ष्मीप्रसाद त्रिपाठी लगायतले लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो स्थापना कालदेखि यस क्षेत्रको विकास र उद्योगी व्यवसायीको हकहितका लागि गरेका कृयाकलाप र आगामी दिनमा संघले खेल्नुपर्ने गतिविधि तथा कार्यक्रमका बारे चर्चा गरिएको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्ण पदाधिारी, कार्यसमिति सदस्य र कर्मचारीहरुले फुलका गुच्छा एक आपसमा आदान प्रदान गरेर नव वर्ष २०७८ को शुभकामना आदान प्रदान गरिएको हो ।