!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

देवचुली उवासंघको टोलीलाई लेखनाथमा स्वागत

LCCI News: Posted at 04/16/2021
...

देवचुली उवासंघको टोलीलाई लेखनाथमा स्वागत

लेखनाथ, ३ बैशाख ।

उद्योगी ब्यवसायीहरुका विच भाईचारा र ब्यवसायीक एकताको सन्देश दिने उद्दश्यले अन्तर संघको भ्रमणमा निस्किएको नवलपुर जिल्लाको देवचुली उद्योग बाणिज्य संघको भ्रमण टोलीलाई शुक्रवार लेखनाथमा स्वागत तथा सम्मान गरिएको छ ।

दुई संघ विचको गतिविधिका बारेमा आ आफना अनुभव साटासाट गर्ने उद्देश्यका साथ निस्किएको भ्रमण टोलीका बिच एक आपसका ब्यवसायीक अनुभव साटासाट गरिएको हो ।

कार्यक्रममा बोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले दुई संस्थाका विच भाइचाराको सम्वन्ध विस्तार गर्दै ब्यवसायीक अनुभव र वजारीकरणको क्षेत्रमा पनि सहकार्य गर्दै अगाडी वढ्न सके दुवै क्षेत्रका उद्योग ब्यवसायीहरुमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवंम नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरीले महासंघले अंघिकार गरेका निति नियम, राष्ट्रिय रुपान्तरण र मुलुकको उद्योग, व्यवसाय र समग्र अर्थतन्त्रको विकासमा महासंघले खेल्नुपर्ने नेतृत्वदायी भुमिका बारे चर्चा गर्नुभएको थियो । त्यसैगरि लेखनाथ उद्योग वाणिज्य संघको कार्यगत एकता र यस क्षेत्रका ताल तलैयाँ एवंम पर्यटन विकासका पुर्वाधारका बारेमा जानकारी गराउनु भएको थियो ।

सोही अवसरम भम्रण टोेलीका संयोजक तथा देवचुली उद्योग बाणिज्य संघ अध्यक्ष रेशमलाल सापकोटाले कृषिमा आधारित उद्योग धन्दा संचालनले ब्यवसायीको आय आर्जनमा सहयोग पुग्ने र स्थानिय स्रोत र साधनको प्रयोगले उद्योग कलकारखाना संचालनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं विशिष्ट सदस्य लक्ष्मीप्रसाद त्रिपाठीेले भम्रणले दुई संघका विच भगेनी सम्वन्ध देखि ब्यवसायीक हितका सवालमा साझा अवधारणा स्थापित गर्न सहज हुने विश्वास ब्यक्त गर्नु भएको थियो ।

संघका महासचिव गोपिचन्द्र वास्तोलाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गर्नु भएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: