लेउवा संघको ब्यवसायी प्रशिक्षण अभियान
लेखनाथ,८ बैशाख ।
आफ्ना ब्यवसायीहरुको ब्यापार ब्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने गरि लेखनाथ उद्योग बाणिज्य संघले ब्यवसाय सम्वन्धि प्रशिक्षण अभियान संचालन गरेको छ ।
आफ्नो कार्यक्षेत्रका सवै स्थानमा संघसंग आवद्ध र नयाँ ब्यवसायीहरुलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता प्राप्तीका बारेमा जानकारी दिने उद्देश्य अन्तरगत बुधवार पोखरा–३० को शिशुवा क्षेत्रका ब्यवसायीहरुका विच छलफल तथा प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।
लेखनाथ उद्योग बाणिज्य संघको भदौमा हुने महाधिवेशनका बारेमा जानकारी दिने र ब्यसायीहरुका समस्याहरु प्रति संघ चिन्तनशिल भएको बताईएको थियो ।
विभिन्न चरणका कार्यक्रमहरु जस्तै शिशुवामा राखिएको कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष बलराम ढकालले ब्यवसायीमा पर्न सक्ने पिडा, मर्का तथा ब्यवसायीक समस्याको समाधानमा संघ सहयोगी भएर अगाडी वढदै आएको जानकारी गराउदै आफनो ब्यवसायीको कार्यकुशलताको लागि संघले तालिम तथा ब्यवासायीक प्रवद्र्धनका उपायका वारेमा जानकारी दिन तयार रहेको धारणा राख्नु भएको थियो ।
लेखनाथ उद्योग बाणिज्य संघको आब्हान र शिशुवा बजार ब्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, उपमहासचिव उपेन्द्रराज सुबेदी (राजु), कोषाध्यक्ष जानुका पराजुली कार्यसमिति सदस्य मेनुका श्रेष्ठ र रामजी पौडेल लगाएतले संघले अगाडी सारेको कार्ययोजनाका बारेमा जानकारी गराउनु भएको थियो ।
शिशुवा बजार ब्यवस्थापन समितिकी सक्रिय सदस्य महामाया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संघका द्धितिय उपाध्यक्ष राजेन्द्र ओझाले कार्यक्रमको उद्देश्य र उपयोगीताका बारेमा जानकारी गराउनु भएको थियो भने सहकारी तथा वित्तिय संस्था परिचालन उपसमितिका संयोजक ईन्द्र वहादुर थापा, रोगार प्रवद्र्धन उपसमितिका संयोजक खेमराज बराल, युवा उद्यमी ब्यवस्थापन उपसमितिका संयोजक जिवन तिवारी लगाएतले आ आफनो धारणा राख्नुभएको थियी ।
लेखनाथ उद्योग बाणिज्य संघका महासचिव गोपिचन्द्र वास्तोलाले संचालन गर्नुभएको कार्यक्रममा शिशुवा बजार ब्यवस्थन समितिका अध्यक्ष हरि त्रिपाठीले साना ब्यवसायीहरुमा परेका समस्याहरु प्रति संघ उत्तरदायी भएर अगाडी वढ्नु पर्ने सुझाव राख्नु भएको थियो ।