विश्वभर महामारीको रुपमा फैलिलिएको कोरोना भाइरस COVID 19 को नया भेरियण्ट बाट सिंगो मानव समुदायमै गम्भीर संकट पैदा भइरेको व्यहोरा सर्वविविदैै छ । विश्वभरमा मानवीय क्षति कल्पना भन्दा वाहिर गईरहेको परिप्रेक्षमा त्यसको असरको कारणले हाम्रो देशमा पनि दैनिक जसो करिब दश हजारको हाराहारिमा नयां सक्रमितहरु थपिदै गएको र सयौको संख्यामा मानविय क्षति भएरहेको छ । यसै बिच नेपाल सरकार ,प्रदेश सरकार र स्थानीय तहहरु बाट भाइरस नियन्त्रणको लागि गरीएको निषेधाज्ञालाई सहयोग पुर्याउनु हुन आम जनसमुदाय समक्ष अनुरोध गर्दछौ । निषेधाज्ञाको समयमा आर्थिक अवस्था लाई चलायमान गराउनको लागि आम उद्यमी व्यवसायीहरु तथा जनसमुदायहरुले नेपाल सरकार बाट तोकिएका स्वास्थ मापदण्डको पालना गरी आ—आफ्नो व्यवसाय तथा दैनिक कामकाज सुचारु गर्न हुन अनुरोध गर्दछौं ।
यस महामारिको विरुद्ध नेपाल सहित विश्वनै लडिरहेको परिप्रेक्षमा माहामारी बाट बचाउन अहोरात्र अग्रपंक्तिमा रहेर सेवा पु¥याईरहनु भएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरु , सुरक्षा निकायहरु , सरसफाईकर्मीहरु प्रति लेखनाथ उद्योग वाणिज्य संघ सम्मान प्रकट गर्दछ । यस संघ स्वदेश तथा विदेशमा मृत्यु हुने नेपाली दाजुभाई दिदी बहिनी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै संक्रमीत भई उपचाररत सम्पूर्ण महानुभावहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यस्तो जटिल परिस्थितिमा एकातिर संक्रमण नियन्त्रण गर्नुपर्ने कठिन चुनौती छ भने अर्कोतिर मुलुकको उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रलाई जोगाउनु पर्ने निकै कठिन जिम्मेवारी हाम्रा कांधमा छ । उद्योग व्यवसाय र अर्थतन्त्रनै बचाउन सकेनौ भने कोरोना पछिको अवस्था झन् भयावह हुने तर्फ हामी सबै सचेत हुनुपर्दछ ।
आर्थिक अभाबको कारण धेरैजसो उद्योग व्यवसायहरुले लगानी गर्न नसकी संकुचित भई उत्पादन घट्न गएको छ । यस्तो विषम परिस्थितिमा आफ्ना उद्योगधन्धा सहित समग्र अर्थतन्त्रलाई जोगाउन हाम्रा छिमेकी देशहरुले खर्वाैको आर्थिक राहत प्याकेजहरुको घोषणा गरिसकेको पृष्ठभुमिमा हाम्रो देशमा पनि उद्योग तथा व्यवसाय धारासायी हुने स्थिति सृजना हुने देखिएकोले निजी क्षेत्रको मनोबल उच्च राखी अर्थतन्त्रलाई थपक्षति हुनबाट जोगाउन तिनै तहका सरकारहरुले आगामी बर्षको निती तथा कार्यक्रममा राहतका प्याकेज समाबेश गर्न यस संघ हार्दिक आग्रह गर्दछ ।
माहामारीको कारण अक्सिजन समेत नपाई छट्पटिई रहेका बिरामीहरुलाई अक्सिजनको अभाब बाट हुन सक्ने क्षती लाई न्युनिकरण गर्न आ—आफ्नो घर तथा उद्योग व्यवसायमा रहेका अक्सिजन सिलिन्डरहरु स्वास्थ संस्थाहरु लाई उपलब्ध गराईदिनु हुन हार्दिक अपिल गर्दै , माहामारी नियन्त्रणको कार्यलाई प्रभाबकारी बनाउन आवश्यक परेको खण्डमा यस संघले सन्चालन गदै आएको महोत्सब स्थलमा स्वास्थ मापदण्ड पुरा गरी एऋच् परिक्षणका लागि स्वाब सङकलन गर्न तथा करिब २५ कोठा भएको कृषि उपज खरिद बिक्रि केन्द्र खाली गराई क्वारेन्टाइन व्यवस्थापनको लागि जग्गा तथा भवन निशुल्क रुपमा उपलब्ध गराउन सकिने व्यहोरा सम्वद्ध सबै पक्षहरुलाई जानकारी गराउन चाहन्छौ ।