!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघका ब्यवसायीलाई बजेटमा भएका नितीगत परिवर्तनका बारेमा जानकारी

LCCI News: Posted at 06/17/2021
...


लेखनाथ, २ असार।
 
आन्तरिक राजश्व कार्यालय पोखराले लेखनाथ उद्योग बाणिज्य संघ अन्तरगत रहेका ब्यवसायीहरुलाई सोमवार भर्चोल मिटिङको माध्यमबाट आर्थीक वर्ष २०७८÷७९ को बजेटमा उल्लेख भएका नितीगत परिवर्तनका बारेमा जानकारी गराईएको छ ।
 
लेखनाथ उद्योग बाणिज्य संघको अनुरोधमा भएको गोष्टिमा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले विश्वब्यापी रुपमा फौलिएको कोरना भाईरसका कारण ब्यवसायमा परेका समस्यहरु प्रति राज्य पनि चिन्तित रहेकाले ब्यवसायीहरुका हक हितका सवालमा भएका विभिन्न योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।
 
राज्यले निजी क्षेत्रका ब्यवासायीहरुको हक हितका सवालमा यस आर्थीक वर्षको वजेटले नितीगत परिवर्तन र विभिन्न क्षेत्रमा दिएको छुटलाई भरपुर्ण तरिकाले उपयोग गरि ब्यसाय उत्थनका लागि अगाडी वढ्न अनुरोध गर्नु भएको थियो ।
 
लेखनाथ उद्योग बाणिज्य संघका कार्यसमिति,राजश्व परामर्श उप समिति,संस्थागत सदस्यहरु तथा वस्तुगत र बजार ब्यवस्थापन उप समिति लगात बिभिन्न उप समितिहरुको सहभागीता रहेका बैठकमा संघका अध्यक्ष बलराम ढकालले जटिल अवस्थाको मारमा परेका ब्यवसायीहरुको हक हितका सवालमा संघ सदवै चिन्तीत रहेको र संघले विभिन्न तहमा कर छुटका सवालमा लभिङ गर्दै कोभिदका कारणले मर्कामा परेका ब्यवसायीहरुका पिर मर्काका वारेमा आवाज उठाउदै बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको धारणा राख्नु भएको थियो ।
 
गोष्ठिमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरी, सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य लगाएत पुर्व अध्यक्षहरुले पनि आफनो धारणा राख्नु भएको कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गर्नु भएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: