!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघले यो वर्षलाई रजत वर्षको रुपमा मनाउने

LCCI News: Posted at 07/01/2021
...

लेखनाथ, १६ असार । स्थापनाको २४ औं बसन्त पार गरि यहि असार २० गते देखि २५ औं वर्षमा प्रबेश गर्न लागेको लेखनाथ उद्योग बाणिज्य संघले यो वर्षलाई रजत वर्षको रुपमा मनाउने भएको छ । संघको बुधवार बसेको विभिन्न उप समितिका संयोजक÷सहसंयोजक तथा कार्यसमितिको बैठकले स्थापना दिवस असार २० देखि अगामी २०७९ को असार १९ सम्म बिभिन्न कार्यक्रमहरु मार्फत रजत उत्सव मनाउने निर्णय गरेको हो । यसै विच संघले २४ औं स्थापना दिवस यहि असार २० गते आईतबार संस्थापक सदस्यहरु, पुर्व पदाधिकारी, पूर्व कार्यसमिति सदस्य÷सल्लाहकार र विभिन्न उप समितिका संयोजक तथा सहसंयोजकका विच पुर्नमिलन कार्यक्रमको आयोजना गर्ने भएको छ । वि. सं २०५४ साल असार २० गते ८० जना साधारण सदस्यहरुबाट स्थापित लेखनाथ उद्योग बाणिज्य संघमा अहिले एक हजार सात सय ४५ सदस्यहरु रहेका छन् । कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले ब्यवसायीक हक हितका सवालमा संघ मार्फत आफनो छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ, संघिय सरकार, प्रदेश र स्थानीय सरकारमा आबाज उठाउदै कोरोनाको महामारीका कारण मर्कामा परेका आम ब्यवसायीको पिर, मर्का लगायत कर छुटका सवालमा लभिङ गर्दै आएको बताउनु भएको थियो । सोही अवसरमा अध्यक्ष ढकालले आफना ब्यवसायीहरुलाई कोरना विरुद्धको खोपको ब्यवस्थापन गरि ब्यवसाय संचालनका लागि महासंघसँग अनुरोध गरेको साथै नेपाल राष्ट्र वाणिज्य बैंकद्धारा जारी हुने मौद्रिक नीतिमा संघद्धारा राय सुझाव पठाइएको, स्थानीय सरकारले लिने व्यवासय करमा छुटका लागि पहल तथा व्यवसायीहरुको समस्याहरुलाई सम्वन्धित निकायमा ध्यानाकर्षण गराउदै आइरहेको जानकारी दिनु भएको थियो । संघका महासचिव गोपिचन्द्र बास्तोलालले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारीले गर्नु भएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: