लेखनाथ, २० असार ।
विं सं २०५४ साल असार २० गतेका दिन स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघले आईतवार आफ्नो २५ औं बार्षिकोत्सव तथा पुर्नमिलन कार्यक्रम सम्पन्न गरेको छ ।
संघ स्थापना गर्दाका संस्थापक सदस्य, पुर्व कार्यसमिति, बिभिन्न उप समितिका संयोजक, सहसंयोजक तथा वर्तमान कार्यसमितिका विच पुर्नमिलन गराउदै एक आपसमा अनुभव आदन प्रदान गराईएको थियो ।
स्वास्थ्यको लागि अपनाउनु पर्ने सम्पुर्ण बिधि र सामाजिक दुरी कायम गरेर राखिएका टेवलमा वसेका आम सहभागीहरुले कोरना महामारीका कारण मर्कामा परेका ब्यवसायीहरुको हक हितका सवालमा संघले आवाज उठाउनु पर्ने सुझाव राखेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य माननीय दिपक कोईरालाले कृषि प्रदान देश भन्ने तर कृर्षिका कच्चा पदार्थ देखि खाद्यय वस्तु पनि आयात गर्नु पर्ने हाम्रो विडम्वनालाई अन्त्य गरि कृषि उत्पानको क्षेत्रमा लागानी वढाउन र उद्योग स्थापनामा जोड दिन आम ब्यवसायीहरुलाई आग्रह गर्नु भएको थियो ।
सोही अवसरमा संयोजक कोईरालाले ‟हरियो बन नेपालको धन” भन्ने तर हामीलाई आवश्यक पर्ने फर्निचर तथा काठ विदेशबाट ल्याइन्छ भने कसरी हाम्रो अर्थतन्त्र माथी जान सक्छ भन्ने प्रतिप्रश्न गर्दै यसको पनि अन्त्य गरि स्वदेशी उत्पादन तर्फ लाग्नु पर्ने आवश्यकता औलाउनु भएको थियो ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले विगतमा पुर्वजले गरेको योगदानको उच्च कदर गर्दै यस वर्षलाई रजत बर्षका रुपमा मनाउने धारणा राख्नु भएको थियो भने संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संघको स्थापना कालको ईतिहासका वारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले ब्यवसायीक हक हितका सवालमा संघ मार्फत आम ब्यवसायीको पिर, मर्का देखि विधि र परिधिमा रहेर नेतृत्व हस्तान्त्रण गर्ने काममा लेखनाथ उद्योग बाणिज्य संघले उदाहरणीय काम गर्दै आएको चर्चा गर्नु भएको थियो ।
संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गर्नु भएको थियो ।
विं सं २०५४ साल असार २० गते ८० जना साधारण सदस्यहरुबाट स्थापित लेखनाथ उद्योग बाणिज्य संघमा अहिले एक हजार सात सय पैचालिस सदस्यहरु रहेका छन् ।
-------------------------------------------------------------------------------
सस्ंथापक अध्यक्षद्धारा जेष्ठ नागरिक पत्रकारीता पुरस्कार घोषणा
लेखनाथ उद्योग बाणिज्य संघको २५ औ वार्षिकोत्सवका अवसरमा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले जेष्ठ नागरिकको क्षेत्रमा कलम चलाउने पत्रकारलाई हरेक बर्ष रु पचहत्तर हजार बरावर रासीको जेष्ठ नागरिक पत्रकारीता पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
यहि माघ महिना देखि आफु ७० वर्ष पुग्ने भएकाले राज्यबाट पाउने जेष्ठ नागरिक भत्तामा थप गरि जेष्ठ नागरिक तथा बृद्धाश्रमका बारेमा खोजमुलक लेख, रचना तथा समाचार प्रकाशन गर्ने पत्रकारलाई हरेक बर्ष संघको वार्षिक साधारण सभामा पचहत्तर हजार रुपियाँ रासिको पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको हो । पुरस्कारको ब्यवस्थापन तथा संचालनमा लेखनाथ उद्योग बाणिज्य संघ रहने गरि पुरस्कारका सम्बन्धमा कार्यविधी नै बनाएर अगाडी वढ्ने र पहिलो पुरस्कार विं सं २०७९ सालमा हुने संघको बार्षिक साधारण सभामा प्रदान गरिने भएको हो ।