लेखनाथ,२४ असार ।
लेखनाथ उद्योग बाणिज्य संघको स्थापना काल देखि १० वर्षसम्म काम गरेका पुर्व कर्मचारी तथा बुढिबजार बजार ब्यवस्थापन समितीका सदस्य आनन्द बञ्जराको ४६ वर्षको उमेरमा निधन भएको छ ।
पोखरा महानगर पालिका वडा नं २६ बुढिवजारमा होटल ब्यवसाय संचालन गर्दै आएका बञ्जराको बुधबार जण्डीस रोगको उपचारकै क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको हो ।
लेखनाथ उद्योग बाणिज्य संघका ब्यवसायी सदस्य समेत रहेका बञ्जरा स्थानिय टोल विकास,बजार ब्यवस्थाप देखि सहकारीहरुमा सक्रिय रुपमा काम गर्दै आएका थिए ।
स्वर्गीय बञ्जराको विहिवार सेती नदिको रामघाटमा हिन्दु धर्म परम्परा अनुसार अन्तिम दाहासस्कार गरिएको हो । स्वर्गीय बञ्जराका श्रीमति र दुई छोरीहरु रहनु भएको छ ।
यसैबिच लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले सोक विज्ञप्ती मार्फत बञ्जराको निधन प्रति गहिरो दु ख ब्यक्त गर्दै सोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गर्नु भएको छ ।