लेखनाथ,३१ असार ।
लेखनाथ उद्योग बाणिज्य संघमा स्थापना काल देखि १० वर्षसम्म सेवा गरेका तथा ंघका साधारण सदस्य समेत रहेका पोखरा–२६ का आनन्द बञ्जराको परिवारलाई लेखनाथ उद्योग बाणिज्य संघले मृत्यु पश्चातको राहत रकम प्रदान गरेको छ । केही गरौं भन्ने प्रगतीवाद सोचाई राख्ने बञ्जराले जागिर पछि आफनै घर बुढिजारमा होटल ब्यवसाय संचालन गर्दै आएका ४५वर्षीय बञ्जराको जण्डिस रोगका कारण गत असार २३ गते मृत्यु भएको थियो । संघले आफ्ना सदस्यहरुको हक हितका सवालमा सहयोग पुग्ने गरि स्थापना गरेको राहतकोषबाट स्व. बञ्जराको परिवारलाई ५० हजार सहयोग गरेको छ ।संघका कार्यसमिति तथा स्थानीय ब्यवसायीहरुको उपस्थितीमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष मोती प्रसाद पौडेल र वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बराल सहितको टोलीले स्व. बञ्जराको घरमा पुगी ५० हजारको चेक हस्तान्त्रण गर्नुभएको हो ।
संघले ब्यवसायी सदस्यको हितका लागी समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा रु पचाँस हजार र ब्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप पाँच हजार प्रदान गर्दै आएको छ । परिवारको पिडामा समवेदना प्रकट गर्न पुगेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, निर्वतमान अध्यक्ष कृष्णहरि भण्डारी, पुर्व अध्यक्ष चतुराखर अधिकारी, बाबुराम गिरी, सुमन भटराई र लक्ष्मी प्रसाद त्रिपाठी लगाएको एक प्रतिनिधी टोलीले स्वर्गीय बञ्जराकी बहिनी लक्ष्मी रानाभाटलाई सहयोग स्वरुपको चेक प्रदान गर्नु भएको हो ।
यस अघि संघले आफनै सदस्यहरुको दुःखद घटनामा परि ज्यान गुमाएका छ जनाको परिवारलाई सहयोग गरिसकेको छ । स्वर्गीय बञ्जराका श्रीमती सुमित्रा बञ्जरा र दुई छोरीहरु रहनु भएको छ ।