लेखनाथ ३० श्रावण :— लेखनाथ उद्योग वाणिज्य संघको पहलमा संघका सदस्य उद्योगी/व्ववसायी तथा बिभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारीले कोभिड–१९ विरुद्धको खोप पाएका छन् । शनिबार लेखनाथ महोत्सब स्थल पोखरा २७ डांडाकोनाकमा ९ सय जनालाई कोभिडविरुद्धको भेरोसेल खोप उपलब्ध गराइएको हो । लेखनाथ उद्योग वाणिज्य संघले लामो समयदेखि यस क्षेत्रमा अत्यावश्यक सेवा अन्तर्गत कामकाज गर्ने सदस्यहरु, बिभिन्न उद्योग तथा प्रतिष्ठानमा कामकाज गर्ने मजदुर, कर्मचारीहरु तथा पर्यटन उद्योगसँग आवद्ध मजदुर तथा उद्योगी/व्यवसायीहरुलाई खोप उपलब्ध गराउनुपर्ने माग राख्दै आएको थियो । ‘दैनिक सयौंको संख्यामा उपभोक्तालाई आवश्यक पर्ने बिभिन्न प्रकारका सामानहरु उपलब्ध गराउँदै आएका यस क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरुबाट कोभिड पैmलन नपाओस भन्ने तर्फ सचेत रहदै यस संघले पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराएको थियो , खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले भन्नु भयो हाल हामिले चाहेजतीको संख्यामा खोप लगाउन नपाएता पनि ९०० जनाले खोप पाउनु भएको छ, । हामिलाई खोप उपलव्ध गराई सहयोग गर्नुहुने बिभिन्न निकायहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ ।’ अध्यक्ष ढकालका अनुसार खोपको सुनिश्चितताको लागि संघले गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय , जिल्ला प्रशासन कार्यालय कास्की सहित संघीय सरकारका सरोकारवाला निकायहरु संग पहल गर्दे आईरहेको थियो । संघका पूर्वअध्यक्ष तथा ने.उ.वा.महासंघका केन्द्रीय सदस्य वाबुराम गिरीसहित संघका अध्यक्ष बलराम ढकाल, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय लगायतले बिभिन्न निकायमा गई खोपको माग गर्नु भएकोे थियो । अत्यावश्यक सेवामा काम गर्ने उद्योगि व्यवसायी, पर्यटनसँग आवद्ध मजदुर कर्मचारीले खोप पाउनु सुखद भएको उहांले बताउनु भयो । ‘गण्डकी प्रदेशका माननीय मन्त्री विन्दुकुमार थापासहितकोे समन्वयमा गण्डकी प्रदेश सरकार ,प्रमुख जिल्ला अधिकारीज्यू लगायत जिल्ला कोभिड व्यवस्थापन समिति, प्रदेश स्वास्थ्य निर्देशनालय, पोखरा महानगरको स्वास्थ्य महाशाखा, सबैको साथ र सहयोगले यहाँका उद्योगी/व्यवसायीले खोप पाएका हुन । उहांले आउँदा दिनमा पनि खोप लगाउन बांकी रहेका व्यवसायीहरुलाई खोप उपलब्ध गराउन निरन्तर लागिरहने प्रतिवद्धता जनाउनुहुंदै खोप अभियानलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै खोप लगाएता पनि महामारी बाट बच्न स्वाथ्यसंग सम्बन्धित सवै मापदण्डको पालना गरि सुरक्षित रहन आग्रह गर्नु भएको थियो ।