लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्ष पदमा छत्रधर आत्रेय सर्वसम्मत हुनुभएको छ । संघको भाद्र १८ र १९ गते हुन लागेको १३ औं महाधिवेशनका लागि मंगलवार भएको उमेदवार मनोनयनमा अध्यक्ष पदका लागि बर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उमेदवारी परेकाले आत्रेय निविरोध अध्यक्ष हुनहुने भएको छ ।
वि स २०६८ देखि संघमा सदस्य पदका रुपमा प्रबेश गर्नु भएका आत्रेय प्राध्यापन पेशा हुदै ब्यवसायिक क्षेत्रमा प्रबेश गर्नुे भएको हो । आत्रेय संघमा कोषाध्यक्ष, महासचिव, प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुदै आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्वत हुनु भएको हो ।
सर्वसम्वत भएपछि आत्रेयले सवै ब्यवसायीको मन जित्ने गरि काम गर्ने र आफुले ब्यवसायीक क्षेत्रमा गरेको योगदानले सर्वसम्वत हुन पाएकोमा आम ब्यवसायीहरुलाई धन्यवाद दिदै कोभिडका कारण मारमा परेका ब्यवसायीहरुको हक हितका सवालमा सम्वन्धित निकायमा आवाज उठाउने प्रतिवद्धता समेत जनाउनु भएको छ ।