!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघको १३ औ महाधिवेशन स्थगित

LCCI News: Posted at 08/29/2021
...

लेउवा संघको १३ औ महाधिवेशन स्थगित
लेखनाथ १३ भाद्र ।

लेखनाथ उद्योग बाणिज्य संघको भाद्र १८  र १९ गतेका लागि तोकिएको १३ औं महाधिवेशन अर्को सुचना नआउदा सम्मका लागि स्थगीत भएको छ ।

चुनाबी प्रक्रिया देखि अधिवेशनमा धेरै जनाको उपस्थिती हुन सक्ने र कोरोनाको महामारी विध्यमान रहिरहेको  अवस्थालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतमको आग्रहमा अर्को सुचना नाउदाँसम्मका लागि महाधिवेशन रोकिएको हो ।

यसै बिच आईतवारै संघको कार्यसमितिको वैठक बसि भाद्र ११ गते सम्म भएका निर्वाचनका कार्यक्रमहरुलाई यथावत राख्दै यस भन्दा पछिको कार्यक्रम अर्को सुचना नआउदासम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ ।

स्थगित भएको निर्वाचनको कार्यक्रम आर्को सुचना आउनु भन्दा १० दिन अगाडी सार्वजनिक गरिने समेत लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिनु भएको छ । यस अघि संघको निर्वाचनको कार्यक्रम अन्तरगत उमेदवारी दर्ता देखि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिसकिएको थियो।

उमेदवारी दर्ताको क्रममा अध्यक्ष पदमा वर्तमान बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उमेदवारी परेकाले आत्रेय निविरोध भईसकेका छन् भने सस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा पनि मेघराज पौडेल निविरोध निर्वाचित भएका हुन् । 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: