नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशद्धारा सामाजिक सुरक्षा कोष कार्यान्वयनका लागि लेखनाथ उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण गराएको छ ।
जिफन्ट गण्डकी प्रदेश कार्यालयका अध्यक्ष रुद्र वहादुर खत्रीले भाद्र १५ गते मंगलबार योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ मा व्यवस्था भए बमोजिम २०७६ श्रावण १ गतेदेखि निजी क्षेत्रका प्रतिष््ठानहरुलाई कोषमा सुचिकरण गर्नुपर्ने प्रावधान रहेपनि आजका मिति सम्म पनि केहि उद्योग प्रतिष्ठानहरुले कार्यान्वयन नगरेकाले एथासक्य कार्यान्वयनका लागि संघका अध्यक्ष बलराम ढकाललाई ध्यानाकर्षण पत्र बुझाईएको हो ।