!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

राजस्व सम्बन्धि अनलाईन बिवरण भर्ने सम्बन्धि तालिम सम्पन्न ।

LCCI News: Posted at 09/06/2021
...

राजस्व सम्बन्धि अनलाईन बिवरण भर्ने सम्बन्धि तालिम सम्पन्न ।

लेखनाथ २१ भाद्र २०७८

लेखनाथ उद्योग बाणिज्य संघको आयोजना र आन्तरिक राजस्व कार्यालय पोखराको संयोजनमा बार्षिक ५ करोड भन्दा माथि कारोवार गर्ने व्यवसायीक फर्महरुले आर्थिक बिधेयक २०७८ मा व्यवस्था भए बमोजिम अनूसुचि १० प्रबिष्ट गर्ने, आय बिवरण, कर गणना गर्ने, खरिद तथा बिक्री खाता अनलाईनमा प्रबिष्ट गर्ने जस्ता बिषयमा जानकारी दिने उद्देश्यले कर शिक्षा सम्बन्धि १ दिने तालिम सोमवारका दिन सम्पन्न गरिएको छ ।

यस क्षेत्रमा रहेका बिभिन्न व्यवसायिक प्रतिष्ठानहरुका ४३ जना प्रतिनिधिहरु सहभागी भई मार्फत सम्पन्न गरिएको उक्त तालिममा आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत मदन बहादूर केसीले आर्थिक बिधेयक २०७८ ले व्यवस्था गरेका बिभिन्न बिषयमा जानकारी गराउनुभएको थियो भने कम्प्युटर अप्रेटर दिपक पौडेलले प्रयोगात्मक रुपमा सहभागीहरुलाई बिवरण प्रबिष्ट गर्नेबारेमा जानकारी गराउनूभएको थियो ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमूख कर अधिकृत ऋषिराम पोखरेलको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा सहभागि सवैलाई धन्यवाद दिंदै बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले कार्यक्रमको समापन गर्नू भएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: