!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघका ब्यवसायीलाई खोपको दोस्रो मात्रा

LCCI News: Posted at 09/10/2021
...

लेउवा संघका ब्यवसायीलाई खोपको दोस्रो मात्रा

लेखनाथ ,२५ भाद्र ।

लेखनाथ उद्योग बाणिज्य संघको पहलमा यस क्षेत्रमा रहेका उद्योगी ब्यवसायी सदस्यहरुलाई कोरोना विरुद्धको दोस्रो मात्राको खोप लगाईएको छ ।

गत साउन ३० गते भेरोसिलको पहिलो मात्रा लगाएका अत्याबश्यक सेवामा रहेका उद्योगी ब्यवसायीहरु, उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारीहरु ९०० जना र अन्य क्षेत्रमा रहेका ७०० जना गरी कुल १६०० जनालाई शुक्रवार लेखनाथ महोत्स्व स्थलमा कोरोना बिरुद्धको दोस्रो मात्रा खोप लगाईएको हो ।

खोप लगाउन आएका व्यवसायीका अनुसार खोप प्राप्ती पश्चात लेउवासंघको यहि आश्विन १ र २ गते हुने अधिवेशनमा आफुहरु ढुक्क भएर सहभागि हुन आउने वातावरण बनेको धारणा राख्नु भएको छ ।

लेखनाथ उद्योग बाणिज्य संघको पहलमा अत्याबश्यक सेवामा कार्यरत आफना ब्यवसायी सदस्यहरु तथा बिभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै संघले कोरोना बिरुद्धको खोपको पहल गरेको अध्यक्ष वलराम ढकालले बताउनु भएको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: