लेखनाथ उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयन
लेखनाथ, असोज ५ ।
लेखनाथ उद्योग वाणिज्य संधको २५ औँ वार्षिक साधारण सभा तथा १३ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सफल भएको छ । असोज २ गते शनिवार सम्पन्न मतदानको दुई दिनपछि मंगलवार मतगणना सम्पन्न भएको हो।
मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिष्पर्धी भरत कुमार अधिकारीलाई ५८ मतले पछि पार्दै वरिष्ठ उपाध्यक्ष पदमा जित हासिल गर्नुभएको हो । उहाँले आठ सय एक मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी अधिकारीले सात सय ४३ मत प्राप्त गर्नुभएको थियो ।
भावी अध्यक्षको रुपमा समेत हेरिने उक्त पदमा यस अघिका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ र सल्लाहकार भरतकुमार अधिकारी चुनावी मैदानमा उत्र्नुभएको थियो भने प्रथम उपाध्यक्ष पदमा राजेन्द्र ओझा विजयी हुनु भएको छ । ओझाले कुल ८ सय ५७ मत ल्याउँदा प्रकाशलाल श्रेष्ठले सात सय ७९ मत ल्याउनुभएको हो । उक्त पदमा यस अघिका द्धितीय उपाध्यक्ष ओझा र पुर्व द्धितीय उपाध्यक्ष श्रेष्ठ चुनावी मैदानमा उत्र्नुभएको थियो ।
संघको द्धितीय उपाध्यक्ष पदमा गोपिचन्द्र बाँस्तोला विजयी हुनुभएको छ । द्धितिय उपाध्यक्षका प्रतिशपर्धी शैलेन्द्रमोहन भटराईलाई एक सय ४७ मतको फरकले वास्तोला विजयी हुनुभएको हो । बाँस्तोलाले कुल आठ सय ५३ मत ल्याउँदा भट्टराईले सात सय छ मत प्राप्त गर्नुभएको थियो । बाँस्तोला यस अघिका महासचिव हुनुहुन्थ्यो भने भट्टराई कार्यसमिति सदस्य।
निर्वाचनमा सवैभन्दा बढि मत ल्याउन सफल उपेन्द्रराज सुवेदी (राजु)ले ४ सय ६९ मतको फराकिलो अन्तरले विजयी हुनुभएको हो । सुवेदीले सर्वाधिक एक हजार १९ मत ल्याउन सफल हुदाँ महासचिवकी उमेदवार मेनुका श्रेष्ठले पाँच सय ५० मत मात्र प्राप्त गर्नुभएको हो । सुवेदी यसअघिका उप–महासचिव पदमा रहनुभएको थियो भने श्रेष्ठ कार्यसमिति सदस्य पदमा ।
लेखनाथ उद्योग वाणिज्य संघको ईतिहासमा पहिलो पटक पदाधिकारी बनेर नयाँ इतिहास रच्न सफल हुनुभएका जानुका अधिकारीले ९ सय ३३ मत प्राप्त गर्दा प्रत्यासी धिरज कुमार श्रेष्ठले छ सय ३३ मत प्राप्त गर्नुभएको हो ।
संघको कोषाध्यक्ष पदमा भरतराज ओझा बिजयी हुनुभएको छ । ओझाले प्रतिष्पर्धी रामजी पौडेललाई ९५ मतको फरकले विजयी हुनुभएको हो । उहाँले ७ सय ५७ मत प्राप्त गर्दा पौडेलले ६ सय ६२ मत ल्याउनु भएको थियो । अर्का प्रतिपर्धी भिम बहादुर नेपाली (काईला) ले एक सय २८ मत प्राप्त गर्नुभएको थियो ।
यता खुल्ला सदस्यतर्फ उम्मेदवारी दिएका २० जना मध्ये विक्रम कर्माचार्यले ९ सय ५८, बुद्धि प्रसाद बाँस्तोलाले ८ सय ९२, धु्रबबाबु भटराईले ८ सय २४, इन्दिरा रोकाले ७ सय ९४, जिवन तिवारीले ७ सय २१, पुष्पमणि भण्डारीले ६ सय ७५, भरत थापाले ६ सय ७१ र हरी वस्ताकोटीले ६ सय २९ मत प्राप्त गरि विजयी हुनुभएको हो ।
यसैगरि महिला सदस्यमा उम्मेदवारी दिएका ५ जना मध्ये गंगा कुमारी मल्लले ८ सय ९५ र रञ्जना बरालले ७ सय ९१ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।
संघको १३ औं महाधिवेशनमा यस अघि नै अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल निविरोध निर्वाचित भईसक्नुभएको थियो । विजयी उम्मेद्वारहरुलाई सोमबार राति नै निर्वाचन आयुक्त हेमराज बरालले विजयी उमेदवारहरुलाई प्रमाणपत्र तथा नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो भने लगतै अध्यक्ष आत्रेयले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएकोे थियो ।