!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

चन्द्र लक्ष्मी जेष्ठ नागरिक पत्रकारिता पुरस्कार कार्कीलाई

LCCI News: Posted at 10/08/2021
...

चन्द्र लक्ष्मी जेष्ठ नागरिक पत्रकारिता पुरस्कार कार्कीलाई

लेखनाथ ,१ आश्विन

लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले स्थापना गर्नुभएको चन्द्र लक्ष्मी जेष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारबाट पोखराका वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ

पुरस्कारका संस्थापक कर्माचार्य ७० वर्ष पुगेकाले आफुले राज्यबाट पाउने जेष्ठ नागरिक भत्तामा थप गरि यसै वर्षबाट जेष्ठ नागरिक तथा बृद्धबृद्धाका बारेमा खोजमुलक लेख, रचना तथा समाचार प्रकाशन गर्ने पत्रकारलाई हरेक बर्ष संघको बार्षिक उत्सवमा घोषणा गरि साधारण सभाको अवसरमा एक लाख एक हजार रुपियाँ राशिको पुरस्कार प्रदान गर्ने घोषणा अनुरुप पहिलो पटक संघको यहि आश्विन १ गते सम्पन्न २५ औं वार्षिक साधारण सभामा उक्त पुरस्कार पोखराका अग्रज पत्रकार नारायण कार्कीलाई प्रदान वितरण गरिएको हो ।

पुरस्कारको ब्यवस्थापन तथा संचालन लेखनाथ उद्योग बाणिज्य संघ गर्ने गरि परिवारको तर्फबाट माईकल कर्माचार्य, नेपाल पत्रकार महासघं गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी र कास्की शाखाको पुर्व अध्यक्षहरुको तर्फबाट रविन्द्र वास्तोला समेतको छनोट समितिबाट सिफारिस भई आएबमोजिम कार्कीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाबाट दोसल्ला र प्रमाणपत्र सहित नगद पुरस्कारबाट सम्मान गरिएको हो ।

सोही अवसरमा संघका पुर्व अध्यक्ष स्वं नारायण प्रसाद श्रेष्ठद्धारा स्थापित जेहेन्दार तथा अपाङ्ग छात्रबृतिबाट जनप्रकाश मा.वि. कक्षा १० मा अध्ययनरत छात्रा देउमाया क्षेत्रीलाई र संघका पुर्व आमन्त्रित कार्यसमिति सदस्य कृष्णप्रसाद ढुङ्गानाद्धारा स्थापना गरिएको वातावरण पुरस्कारबाट पोखरा ३१ स्थित नहरचोक टोल विकास संस्थालाई प्रदान गरिएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारण सभा तथा १३ औं महाधिवेशन संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्धय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव वहादुर कोइराला, नेउवा महासंघका कार्यकारिणी सदस्य बावुराम गिरी र गण्डकी प्रदेश उपाध्यक्ष मोतिप्रसाद पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला लगायतका विशिष्ट अतिथि तथा अतिथिहरुको सहभागिता रहेको थियो ।

 

 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: