!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

प्रमुख जिल्ला अधिकारी लागायतलाई लेखनाथमा स्वागत

LCCI News: Posted at 10/22/2021
...

प्रमुख जिल्ला अधिकारी लागायतलाई लेखनाथमा स्वागत

 

लेखनाथ,०४ कार्तिक ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रमुख कर अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रमुख एस पि, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका प्रमुखलाई एक कार्यक्रमका विच बिहिवार लेखनाथमा स्वागत तथा सम्मान गरिएको छ ।

हालसालै मात्र कास्की जिल्लामा सरुवा भई कर्मथलोको रुपमा आउनु भएका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्मा आत्रेय, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस.पि. रमेश थापा, अनुसन्धान कार्यालय कास्कीका प्रमुख मनोज ढकाललाई लेखनाथ उद्योग वाणिज्य संघले स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको हो भने सोहि अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराबाट अर्थ मन्त्रालयमा सरुवा भई जानलाग्नु भएका प्रमुख कर अधिकृत ऋषिराम पोखरेललाई बिदाई गरिएको हो ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुंदै अध्यक्ष आत्रेयले तिनै तहका सरकारको निती, नियम र कानुनको परिधि भित्र रहेर निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले खुला अर्थतन्त्र भएको हाम्रो देशमा सरकारले गर्न नभ्याएका सवै कार्यहरु राज्यको तर्पmबाट प्रदान गरिएका अधिकार क्षेत्र भित्र रहेर निजी क्षेत्रले सम्पादन गर्दै आईरहेको वताउनुहुंदै निजी क्षेत्रले आर्थिक बिकासमा देखेका हरेक रचनात्मक सपनामा बर्तमान ऐन नियमको परिधी भित्र रहेर स्थानिय प्रशासनले सदैव सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । सोही कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्मा आत्रेयले राजस्व प्रशासनलाई सवल, सुदृढ र सक्षम बनाउनको लागि आन्तरिक राजस्व कार्यालयलाई सदाझै निजी क्षेत्रले सहयोग गर्ने बिश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका अर्का वक्ता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस पि रमेश थापाले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रको शान्ति सुरक्षाको लागि जस्तो सुकै सहयोग गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने आन्तरिक राजस्व कार्यालय पोखराबाट सरुवा भई जानलाग्नु भएका प्रमुख कर अधिकृत ऋषिराम पोखरेले आन्तरिक राजस्व कार्यालय र लेउवासंघ बिच रहेको अन्योन्यास्रित सम्बन्ध पछि सम्म पनि कायम रहने बिश्वास रहेको कुरा व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेउवा महासंघका केन्द्रिय सदस्य बावुराम गिरी, लेउवा संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले निजी क्षेत्रले भोग्नु परेको समस्या, उद्योग स्थापनाको लागि औधोगिक क्षेत्रको आबश्यकताको बारेमा चर्चा गर्नुभएको थियो ।

संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु ) ले संचालन गर्नुभएको उक्त कार्यक्रमलाई बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले धन्यवाद ज्ञापन सहित समापन गर्नु भएको थियो ।

 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: