मिति २०७८ साल कार्तिक ७ गतेका दिन नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य श्री बावुराम गिरीज्यूको नेतृत्वमामा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लगायत पदाधिकारीहरु र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष लगायतका पदाधिकारीहरुको टोलीले उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका माननीय मन्त्री मणिभद्र शर्मा कंडेलज्यू समक्ष निम्न बिषयहरुमा छलफल गरी उद्योगी व्यवसायीहरुको समस्याको बारेमा लिखित तथा मौखिक रुपमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने कार्य सम्पन्न भएको छ ।
१. प्राईभेट फर्म रजिष्टेशन लगायत बन्दै गरेका ऐन नियमहरुको बिषयमा ।
२. यस क्षेत्रमा औधोगिक क्षेत्र स्थापना गर्न उच्च प्राथमिकता दिने लगायतका समसामयीक बिषयमा
३. औधोगिक व्यवसाय ऐन सम्बन्धि ।
४. केन्द्र, प्रदेश तथा स्थानिय स्तरमा गर्नु पर्ने व्यवसाय नविकरणलाई एकद्धार प्रणालिमार्फत नविकरण हुने व्यवस्था सम्बन्धि ।
५. पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने सम्बन्धमा ।