लेखनाथ ,१४ आश्विन ।
लेखनाथ उद्योग बाणिज्य संघको पहलमा यस क्षेत्रमा रहेका उद्योगी ब्यवसायी सदस्यहरुलाई कोरोना विरुद्धको दोस्रो मात्राको खोप लगाईएको छ ।
२०७८ साल आश्विन १५ गते भेरोसिलको पहिलो मात्रा लगाएका अत्याबश्यक सेवामा रहेका होटल व्यवसायीहरु, मत्स्य व्यवसायी, डुंगा व्यवसायी, फर्निचर व्यवसायी, निर्माण व्यवसायी, कर्माचार्य ग्रुप, मनकामना प्लाई उद्योग, बिभिन्न वजार व्यवस्थापन समिति र ति व्यवसाय तथा प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा मजदुरहरु लगायतका, उद्योगी ब्यवसायीहरु साथै अन्य क्षेत्रमा रहेका ९०३ जना महिला र ९७२ जना पुरुष गरी जम्मा १८७५ जनालाई आईतवार लेखनाथ महोत्स्व स्थलमा कोरोना बिरुद्धको दोस्रो मात्रा खोप लगाईएको हो ।
खोप कार्यक्रममा सहभागी हुन आएका दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरुका अनुसार खोप प्राप्ती पश्चात सवै मजदुरहरु ढुक्क भएर आ आफ्नो कार्यमा सहभागि हुने वातावरण बनाई दिएकोमा लेखनाथ उद्योग बाणिज्य संघ लाई दिनुर्भएको थियो ।
लेखनाथ उद्योग बाणिज्य संघको पहलमा अत्याबश्यक सेवामा कार्यरत यस क्षेत्रका ब्यवसायी सदस्यहरु तथा बिभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा मजदुरहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै संघले कोरोना बिरुद्धको खोपको पहल गरेको अध्यक्ष छत्रधर आत्रेयले बताउनु भएको थियो ।