!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

१७ औं संस्करणको लेखनाथ महोत्सब माघ १३ देखी २४ सम्म

LCCI News: Posted at 12/22/2021
...

लेखनाथ महोत्सव माघ १३ बाट

लेखनाथ,४ पुस ।

सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सव गत वर्ष कोभिडका कारणले रोकीए पनि यस पटक भने माघ १३ देखि २४ गते सम्म हुने भएको छ ।

विगतका वर्षहरुमा जस्तै यस पटकको महोत्सवमा पनि उद्योग, व्यवसाय तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उदेश्यले माघ १३ देखि २४ गतेसम्म १७ औं संस्करणको लेखनाथ महोत्सव गर्न लागिएको आईतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पोखरा २७ को तालचोक स्थीत डाँडाकोनाकमा हुने महोत्सवमा करिब तिन सयवटा स्टल रहने र महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिनुभएको थियो ।

संघका सदस्यलाई प्राथमिकतामा राख्दै १० प्रतिशत छुटमा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभएको थियो । अन्य सर्वसाधारणका लागि पुस ११ गतेबाट स्टल बुकिङ खुल्ला रहने छन् ।

महोत्सवमा १ करोड ५ लाख आम्दानी हुने र ९० लाख रूपैयाँ खर्च भई १५ लाख रूपैयाँ बचत हुने अपेक्षा गरिएको प्रचार प्रसार उप समितिका संयोजक तथा संघका द्धितिय उपाध्यक्ष गोपिचन्द्र वास्तोलाले जानकारी दिनुभएको थियो ।

कोभिड १९ का कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउदै लेखनाथ तथा गण्डकी प्रदेश क्षेत्रको आर्थिक गतिविधि बढाउन महोत्सव सहयोगी हुने विश्वास लिईएको छ ।

महोत्सवलाई ब्यवस्थित रुपले संचालनका लागि आठ सदस्यीय निर्देशक समिति, ३६ सदस्यीय सल्लाहकार समिति र ४९ सदस्यीय कार्यसम्पादन समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ ।

कार्यक्रममा नेपाली काग्रेसका सह महामन्त्री जिवन परियारले देश विकासका लागि सरकारले मात्र गरेर केही नहुने हुदाँ निजी क्षेत्रको सहयोगले मात्र अगाडी वढ्नु पर्ने आवस्यकता औल्याउदै लेखनाथमा गण्डकी प्रदेश स्तरिय औधोगीक क्षेत्र स्थापनाका लागी आफुले सक्दो सहयोग गर्ने उहाँको भनाई रहेको थियो ।

सोही अवसरमा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकालले कोभिडका कारण थला परेको अर्थतन्त्रलाई चलायमान वनाउन महोत्सव सहयोग शिद्ध हुने भएकाले स्वास्थ्यका सम्पुर्ण विधीहरु अपनाएर महोत्सव संचालन गर्नु पर्ने सुझाव राख्नुभएको उक्त कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष छत्रधर आत्रेयले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ गर्नु भएको थियो ।

 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: