बजार व्यवस्थापन उपसमितिको बैठक सम्पन्न
लेखनाथ ४ पौष ।
लेखनाथ उद्योग बाणिज्य संघबाट गठित वजार व्यवस्थापन उपसमितिको बैठक आईतवार संघको सभाकक्षमा सम्पन्न गरिएको थियो ।
उक्त बैठकमा संघका अध्यक्ष छत्रधर आत्रेयले हाल बजारमा बिना ईजाजत संचालनमा रहेका व्यवसायीहरुलाई सम्बन्धित निकायमा दर्ता गराएर मात्र व्यवसाय संचालन गर्न प्रेरीत गर्ने जानकारी दिनुभएको थियो भने उपस्थित बिभिन्न बजार व्यवस्थापन समितिका संयोजक तथा प्रतिनिधीहरुले बजारमा बिना ईजाजत संचालनमा रहेका, झोला तथा पोकोमा राखेर व्यवसाय गरिरहेका व्यवसायीहरुको कारण ईजाजत लिएर व्यवसाय गरिरहेका व्यवसायीहरु मर्कामा परेको जानकारी गराउनु भएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं वजार व्यवस्थापन उपसमिति संयोजक राजेन्द्र ओझाको संयोजकत्वमा बसेको बैठकले लेखनाथको बजार क्षेत्रमा पोखरा महानगपालिका बाट फोहोर मैला उठाउने गाडि समयमा नआउदा बजार क्षेत्रमा रहेको फोहोर नउठ्दा वजारमा दुर्गन्ध फैलिएको जनाउदै फोहोर व्यवस्थापनको लागि पोखरा महानगरपालिका संग समन्वय गर्ने, बिना ईजाजत संचालनमा रहेका व्यवसायीहरुलाई सम्बन्धित निकायमा गई ईजाजत लिएर करको दायरामा ल्याउन प्रेरीत गर्ने, लेखनाथ उद्योग बाणिज्य संघबाट यही मिति २०७८ साल माघ १३ गते देखि २४ गते सम्म आयोजना गर्न लागिएको १७ औं सस्करणको लेखनाथ महोत्सव लाई आ आ आप्mनो ठाउंबाट सहयोग गरी सफल बनाउने समेत निर्णय गरिएको थियो ।