!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

कोभिडको प्रभाव बढेसँगै माघ १३ देखी आयोजित लेखनाथ महोत्सव स्थगित

LCCI News: Posted at 01/13/2022
...

कोभिडको प्रभाव बढेसँगै माघ १३ देखी आयोजित लेखनाथ महोत्सव स्थगित

लेखनाथ पुष २८

 

लेखनाथ उद्योग बाणिज्य संघले यही माग १३ देखी २४ गतेसम्मका लागि आयोजना गरेको १७ औं संस्करणको लेखनाथ महोत्सव अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

 

्संघको बुधबार बसेको कार्यसमितिको आकस्मीक बैठकले स्वास्थ्य क्षेत्रमा देखिएको प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै महोत्सव स्थगित गर्ने निर्णय गरेको हो ।

 

लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि भन्ने नाराकासाथ आयोजना गरिएको महोत्सवको अन्तिम तयारी भइरहँदा मुलुकभर कोभिड—१९ को प्रभाव बढ्दै गएपछि संघले महोत्सव स्थगन गरेको जनाएको छ ।

संघको कार्यसमितिको आकस्मीक बैठकले नेपाल सरकारको कोभिड १९ संकट समन्वय केन्द्र (सिसिएमसीसी) को बैठकले गरेको सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्णरुपमा पालना गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि महोत्सव स्थगित गरिएको संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।

 

तीनसय भन्दा बढी स्टल बुक भईसकेको एवं सम्पूर्ण पूर्वाधारहरु निर्माणको अन्तिम चरणमा रहेका बेला नागरिकको जनस्वास्थ्य प्रति संवेदनशिल रहँदै संघले महोत्सव स्थगन गर्न परेको उल्लेख गर्दै, महोत्सव स्थगित हुँदा स्टल बुक गर्ने व्यवसायी लगायत सम्पूर्ण क्षेत्रमा पर्न गएको असुविधा प्रति संघले दुःख व्यक्त गरेको छ । साथै कोभिडको प्रभाव न्यून भए लगत्तै महोत्सवलाई पुन संचालन गरिने समेत संघले जनाएको छ ।

 नागरिकको शिक्षा, स्वास्थ्य तथा आर्थिक उत्थानको क्षेत्रमा कार्य गर्दै आईरहेको बताउँदै संघले बर्तमान अवस्थामा जनस्वास्थ्य प्रति संवेदनशिल बन्दै महामारी नियन्त्रणका लागि नेपाल सरकारले चालेका सवै गतिविधिहरुमा साथ रहने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

संघले अघि झै १७ औं लेखनाथ महोत्सवलाई सफल बनाउन सहयोग गर्ने महोत्सवको मुख्य प्रायोजक, सह˗प्रायोजक, प्रवद्र्धक, विभिन्न इभेन्ट प्रायोजक, सहयोगी संघ संस्था, मिडिया पार्टनर, बिभिन्न राजनैतिक दल, स्थानिय जनप्रतिनिधी, बुद्धिजीवी, बिभिन्न संचार माध्यम, पत्रकार लगायत सम्पूर्णमा आभार प्रकट गर्दै परिस्थिती अनुकुल हुनासाथ स्थगित महोत्सव सञ्चालन गरिने र सो महोत्सवमा पनि सहयोग रहनेमा विश्वास व्यक्त गरेको छ ।

आफ्नो उद्योग व्यवसायको प्रबद्र्धन गर्न महोत्सवमा स्टल बुक गर्ने उद्योगी व्यवसायीहरुले रकम फिर्ता लिन चाहेमा संघको सचिवालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

महोत्सव स्थगित भएपनि संघले लेखनाथ क्षेत्रकोे शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवद्र्धन, विपद ब्यवस्थापनमा गर्दै आएको कार्यलाई निरन्तरता दिईरहने प्रतिवद्धता व्यक्त गरेको छ । संघले अर्को सुचना प्रकाशित नभएसम्म लेखनाथ महोत्सव २०७८ सम्बन्धी प्रचार प्रसारका सम्पूर्ण कार्यहरु हाललाई स्थगित गरिदिन समेत आम सञ्चार माध्यमहरुलाई अनुरोध गरेको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: