!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

अनधिकृत व्यवसाय गर्ने लाई निरुत्साहित गर्दै जनचेतना अभियान सम्पन्न

LCCI News: Posted at 01/14/2022
...

अनधिकृत व्यवसाय गर्ने लाई निरुत्साहित गर्दै जनचेतना अभियान सम्पन्न

लेखनाथ ,२९ पौष ।

“व्यवस्थित एवं बैधानिक व्यवसायिक पहिचान लेखनाथ उद्योग बाणिज्य संघको अभियान” भन्ने मुल मन्त्रका साथ लेखनाथ उद्योग बाणिज्य संघले नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बिना ईजाजत संचालनमा आएका व्यवसायलाई निरुत्साहित गर्ने उदेश्यका साथ विहिवार शिशुवाबाट जनचेतना अभियान शुरु गरेको छ ।

अभियान कार्यक्रमको शुरुवात गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं लेउवा संघका पूर्व अध्यक्ष बावुराम गिरीले सवैलाई व्यवसाय दर्ता गरेर मात्र आफ्नो व्यवसाय गर्नुपर्ने र अनधिकृत व्यवसायलाई बजारबाट नै निरुत्साहित बनाउनुपर्नेमा जोड दिनुहुदैं बजार व्यवस्थापनमा रहेका पदाधिकारी र सदस्यहरु आफै यस विषयमा जागरुक हुनुपर्नेमा समेत जोड दिनुभएको थियो ।

लेउवा संघका प्रथम उपाध्यक्ष एवं बजार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाको संयोजकत्वमा शुरु गरिएको यस अभियानको मुख्य उद्देश्य माथि प्रकाश पार्नुहुदैं ओझाले यस अभियानलाई संघले निरन्तरता दिदैं जाने र आगामी दिनमा बजार अनुगमनलाई पनि जोड्ने बताउनुभएको थियो ।

लेउवा संघका अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, द्धितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, उपमहासचिव जानुका पराजुली अधिकारी लगायतले नेपाल सरकारको निकायमा दर्ता भई सरकारलाई कर बुझाउदै व्यवसाय गर्दै आईरहेका व्यवसायलाई विना इजाजत , अनधिकृत रुपमा संचालनमा आएका व्यवसायबाट ठुलो क्षती भईरहेको र राज्यलाई लाखौं रुपैया राजश्व छलि भईरहेकोमा सवैको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

पोखरा ३०, शिशुवाका व्यवसायी मोहन बास्तोलाले यो अभियान लेखनाथ उद्योग वाणिज्य संघबाट भएका विभिन्न कार्यक्रम मध्येकै उत्कृष्ट कार्य भएको र यसबाट सवै वैधानिक व्यवसायीहरुलाई भविष्यमा राहत हुने र राज्यलाई कर संकलनमा टेवा पुग्ने बताउनुभएको उक्त कार्यक्रमको संचालन शिवराज अधिकारीले गर्नुभएको थियो ।

पोखरा ३० शिशुवाबाट शुरु भएको अभियान बेगनासताल, खोलाको छेऊ, राजाको चौतारा, तल्लोगगनगौडा, मजुवा हुदैं पोखरा ३३ भरतपोखरीका विभिन्न चोकहरुमा गई सचेताना अभियान सम्पन्न भएको छ । उक्त अभियानमा बजार व्यवस्थापन उपसमिति सहसंयोजक एवं कार्यसमिति सदस्य सन्तोष बराल, सदस्यहरु घनश्याम ढुङ्गाना, पदमराज पौडेल, मुकुन्दराज घिमिरे, टिकाराम सापकोटा, टिकाराम अधिकारी, कुष्णप्रसाद सुवेदी, प्रेम वहादुर राना, विश्वराज पौडेल, नविन ढुङ्गाना, राजु अधिकारी, विश्वराज अधिकारी, माधव त्रिपाठी, खेमराज बराल लगायतको अभियानमा सक्रिय सहभागिता रहेको थियो ।

 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: