लेखनाथ ,३० पौष लेखनाथ उद्योग बाणिज्य संघ र व्यवसायीक सिप तथा तालिम परिषद ऋत्भ्ख्त् गण्डकी प्रदेशको संयुक्त आयोजनामा १० दिने कपडा बाट जुत्ता चप्पल बनाउने तालिम एक कार्यक्रम विच शुक्रबार सम्पन्न भएको छ । तालिम व्यवस्थापन उपसमिति संयोजक एवं कार्यसमिति सदस्य धु्रवबावु भट्टराईको अध्यक्षतामा आयोजना गरिएको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं प्रमुख अतिथि बावुराम गिरीले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रमुख अतिथि गिरीले सम्पुर्ण सहभागिहरुलाई निरन्तर रुपमा अगाडी बढ्न, व्यवसायीक बन्नका लागि आवहान गर्नुहुदैं उत्पादन र बजारीकरणको कुनै समस्या नहुनेमा ढुक्क रहन आग्रह गर्नुभएको थियो । २५ जना सहभागी रहेका उक्त तालिममा सहभागीहरुको तर्फबाट आफ्नो धारणा राख्नुहुदैं शारदा बराल खत्रीले तालिम अति फलदायि भएको आफुहरुले केहि गर्ने इच्छा धेरै अगाडि देखि राखेकोमा यस तालिमबाट उद्यमी बन्न सहयोग पुगेको बताउनुहुदैं यस्को एड्भान्स कोर्सको तालिम माग गर्नुभएको छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पुर्व अध्यक्षद्धय लक्ष्मीप्रसाद त्रिपाठी र कृष्णहरि भण्डारीले यति छोटो समयमा नै उत्कृष्ट चप्पल बनाउन सकेकोमा प्रशिक्षक र सहभागीलाई धन्यवाद दिनुहुदैं सवैलाई व्यवसायीक बन्नका लागि अनुरोध गर्नुभएको थियो । उत्पादन र बजारीकरणको कुनै समस्या नहुने यसका लागि लेखनाथ उद्योग वाणिज्य संघ र महिला उद्यमी उपसमिति हरबखतसँगसँगै हुनेहुदां सहभागीहरुलाई एकजुत भई उत्पादनमा ध्यानदिन आग्रह गर्नुभएको थियो । ऋत्भ्ख्त् गण्डकी प्रदेशका निर्देशक प्रमोद आचार्यले लेखनाथ उद्योग वाणिज्य संघ र ऋत्भ्ख्त् गण्डकी प्रदेशले ःइग् गरि व्यवसायीक तालिम र प्राविधिक शिक्षाका लागि अगाडि बढ्न सकिने बताउनुहुदैं सवैले आफुले सिकेको सिपलाई सदुपयोग गर्दै उद्यमी बन्न आग्रह गर्नु भएको थियो । समापन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्धितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, तालिम व्यवस्थापन सल्लाहकार प्रकाशलाल श्रेष्ठ लगायतकाको उपस्थिति रहेको सो कार्यक्रममा संघका उपमहासचिव जानुका पराजुली अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यसमिति सदस्य एव. महिला उद्यमी परिचालन उपसमिति संयोजक ईन्दिरा रोकाले कार्यक्रम संचालन गर्नु भएको थियो ।