!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

प्रेश बिज्ञप्ती

LCCI News: Posted at 01/24/2022
...

मिति २०७८÷१०÷०६ विश्वभर महामारीको रुपमा पैmलिएको कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० को तेस्रो लहर ओमिक्रोन सहितको डेल्टा भेरियन्ट तिब्र रुपमा फैलिरहेको अवस्थामा यस जिल्लामा पनि कोभिड संक्रमणको दर उच्च रहि परिक्षण गरिएको संख्याको ५२ प्रतिशत भन्दा बढि संक्रमित भएको सन्दर्भमा यस माहामारीबाट उत्पन्न हुने समस्या प्रति लेखनाथ उद्योग वाणिज्य संघको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अअmअ को सिफारिस, गृहमन्त्रालयको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको मअअmअ को बैठकले तय गरेको सुरक्षा मापदण्डलाई पूर्ण रुपमा पालना गर्नका लागि यस संघ आफ्ना सदस्य, सम्पूर्ण उद्योगी÷व्यवसायी तथा आम जनसमुदायमा हार्दिक आग्रह गर्दछ । कोभिडको पहिलो र दोस्रो लहरले निम्त्याएको विषम परिस्थितिलाई ध्यानमा राखि अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने हाम्रो दायित्व हो र आआफ्नो व्यवसाय संचालन गर्दा जनस्वास्थ्यका मापदण्डहरु– सामाजिक दुरी, माक्स, सेनिटाईजरको उचित प्रयोग, नियमित रुपमा सावुन पानीले हात धुने जस्ता आधारभुत स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नु गराउनुहुन हार्दिक अनुरोध गर्दछौं । संक्रमित व्यक्तिले आफ्नो दैनिक कार्य संचालन गर्दा गराउदा अन्य व्यक्तिलाई पनि संक्रमित गराउन सक्ने प्रवल सम्भावना हुनेहुदाँ आफुलाई संक्रमण भएको लक्षण देखिनासाथ सोको परिक्षण गराउनुहुन तथा परिक्षणको नतिजा प्राप्त नहुन्जेल सम्म आफ्नो दैनिक कार्यबाट अलगै बस्नु हुन यस संघ सवैमा अनुरोध गर्दछ । नेपाल सरकारले व्यवस्था गरे अनुसार तोकिएको उमेर समुहमा पर्ने व्यक्तिले कोरोना विरुद्धको खोप अनिवार्य रुपमा लगाउनुहुन, अत्यावश्यक सामाग्रीहरुको आपूर्ति सहज गराउनुहुन, बजारमा कृतिम अभाव सृजना हुन नदिन, कालो बजारी, मुल्य बृद्धि जस्ता कानुन विपरितका कार्य नगर्नु नगराउनुहुन समेत लेखनाथ उद्योग वाणिज्यसंघ समस्त उद्योगी व्यवसायीहरु समक्ष हार्दिक अपिल गर्दछ । छत्रधर आत्रेय अध्यक्ष

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: