लेखनाथ ११ माघ । लेखनाथ उद्योग बणिज्य संघको कार्यलाई प्रभावकारी बनाउन गठित बजार व्यवस्थापन उप˗समितिको बैठक मंंगलबार उपसमितिका संयोजक राजेन्द्र ओझाको संयोजकत्वमा संघको सभाकक्षमा सम्पन्न भएको छ । संघका अध्यक्ष छत्रधर आत्रेय, बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठ, द्धितिय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, महासचिव उपेन्द्रराज सुवेदी राजु, कार्यसमिति सदस्य सन्तोष बराल सहित उपसमितिका सदस्यहरु नगेन्द्रराज वराल, पदमराज पौडेल, मुकुन्दराज घिमिरे, घनश्याम ढुंगाना, बसन्त जोशी, शिवराज अधिकारी, बेलप्रसाद सापकोटा सहित उपस्थित बैठकबाट निम्न बिषयमा लेखनाथ क्षेत्रमा रहेका अनधिकृत व्यवसायीहरुलाई निरुत्साहित गरी व्यवस्थित गर्ने र बजार क्षेत्रमा रहेका अस्तव्यस्तता लाई व्यवस्थित गर्ने सम्बन्धमा देहाय बमोजिम निर्णय गरिएको छ । १. बिभिन्न बजार व्यवस्थापन समितिहरुलाई सकृय बनाउने । २. बजारलाई व्यवस्थित गर्ने सम्बन्धमा स्थानिय प्रशासन संग समन्वय गर्ने । ३. ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालयका प्रमुखहरु सहितको संयुक्त बैठक राख्ने । ४. सम्भावित दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी कार्यालय संग समन्वय गरी बजार क्षेत्र भित्र अव्यवस्थित रुपमा राखेका सामानहरु, सवारी साधनहरुको व्यवस्थापन गर्न अनुरोध गर्ने । ५. बिना ईजाजत संचालनमा रहेका व्यवसायहरुलाई स्थानिय निकाय, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराई आन्तरिक राजस्व कार्यालयमा दर्ता गर्न प्रेरित गरी करको दायरामा ल्याउने ।