गण्डकी प्रदेशमा शुख्खा बन्दर्रगाह निर्माणका लागि अध्ययन शुरु
लेखनाथ माघ २४
पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय गण्डकी प्रदेशको अगुवाईमा गण्डकी प्रदेश स्तरीय शुख्खा बन्दरगाह निर्माण हुने भएको छ । पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय गण्डकी प्रदेशका उद्योग तथा आपुर्ति महाशाखा प्रमुख रामप्रसाद आचार्यको नेतृत्वमा सोमबार लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय सहितको टोलिले पोखरा महानगरपालिका वडा नं. ३२ मा रहेको प्रगतिशिल महिला सामुदायिक बन उपभोक्ता समिति अन्तर्गत नेपाल सरकारको नाममा रहेको करिव ५०० रोपनी जग्गामा बन्दरगाह निर्माणको लागि सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाउन स्थलगत निरिक्षण गरेको हो ।
प्रदेश सरकारको पहलमा संघिय संरचना अनुसार यस प्रदेशको उत्तरी नाका कोरोला तथा दक्षिणी नाका सुस्ता क्षेत्रको बिकास गरी आयात तथा निर्यात प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यका साथ गण्डकी प्रदेशको राजधानी शहर पोखरा क्षेत्रमा जग्गा व्यवस्थापन गरी शुख्खा बन्दरगाह निर्माण गर्न सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाईएको जनाईएको छ ।सम्भाव्यता अध्ययन टोलीमा प्रदेश उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका भरतराज बराल, पोखरा महानगरपालिकाका ईन्जिनियर महेन्द्र गोदार, प्रदेश उद्योग मन्त्रीज्यूका स्वकिय सचिव नविन बि.क., पोखरा उद्योग बाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्धितिय उपाध्यक्ष गोपिचन्द्र बास्तोला तथा महासचिव उपेन्द्रराज सुवेदी (राजु)को उपस्थिति रहेको थियो ।