राहत रकम बितरण
लेखनाथ १२ फाल्गुण ।
लेखनाथ उद्योग बाणिज्य संघबाट आफ्ना सदस्यहरुका लागि दैवी प्रकोप लगायत बिपत्तिमा संघको तर्पmबाट गत बिगत वर्षहरुदेखि आर्थिक सहायताको रुपमा राहत रकम बितरण गरिदै आएको छ ।
संघका साधारण सदस्य शिव फर्निचर उद्योगका प्रो. शिवराज भुर्तेलको मिति २०७८ साल फाल्गुन २ गते ४६ वर्षको अल्पायुमा भएको निधन प्रति संघको तर्पmबाट समवेदना प्रकट गर्दै यहि फाल्गुण १२ गते संघका अध्यक्ष, पदाधिकरी, पुर्व अध्यक्षहरु, सल्लाहकार,कार्यसमिति सदस्यहरु, कर्मचारी निजको निवासमा गई सोक मनाउनुको साथै संघको तर्फवाट राहत स्वरुप रु ५००००। को चेक संघका अध्यक्ष छत्रधर आत्रेय र पुर्व अध्यक्ष चतुराखर अधिकारीले संयुक्त रुपमा मृतकका आमा , छोरी परिक्षा भुर्तेल, प्रतिमा भुर्तेल र छोरा प्रनित भुर्तेललाई हस्तान्तरण गर्नु भएको थियो ।