राहत रकम बितरण
लेखनाथ ५ बैशाख ।
लेखनाथ उद्योग बाणिज्य संघबाट आफ्ना सदस्यहरुका लागि दैवी प्रकोप लगायत बिपत्तिमा संघको तर्पmबाट गत बिगत वर्षहरुदेखि आर्थिक सहायताको रुपमा राहत रकम बितरण गरिदै आएको छ ।
संघका साधारण सदस्य शिसुवा किराना पसलका प्रो.हर्क बहादुर श्रेष्ठको ७६ बर्षको उमेरमा यहि मिति २०७८ साल चैत्र २८ गते भएकोे निधन प्रति संघको तर्पmबाट समवेदना प्रकट गर्दै यहि बैशाख ५ गते गते संघका अध्यक्ष, पदाधिकरी, पुर्व अध्यक्ष, सचिवालयमा कार्यरत कर्मचारीहरु निजको निवासमा गई शोक मनाउनुको साथै संघको तर्फवाट राहत स्वरुप रु ५००००। को चेक संघका अध्यक्ष छत्रधर आत्रेय र पुर्व अध्यक्ष एवं नेउवामहासंघ केन्द्रिय सदस्य बावुराम गिरीले संयुक्त रुपमा मृतकका श्रीमती सन्तकुमारी श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो ।