राहत रकम बितरण
लेखनाथ ३ जेष्ठ ।
लेखनाथ उद्योग बाणिज्य संघबाट आफ्ना सदस्यहरुका लागि दैवी प्रकोप लगायत बिपत्तिमा संघको तर्पmबाट गत बिगत वर्षहरुदेखि आर्थिक सहायताको रुपमा राहत रकम बितरण गरिदै आएको छ ।
यहि मिति २०७९ साल बैशाख २६ गते संघका साधारण सदस्य डि एण्ड डि त्रिपाठी इन्टरप्राइजेजका प्रो.देवेन्द्ररमण त्रिपाठीको ६४ बर्षको उमेरमा हुन गएकोे निधन प्रति संघको तर्पmबाट समवेदना प्रकट गर्दै यहि जेष्ठ ३ गते गते संघका अध्यक्ष छत्रधर आत्रेय, पुर्व अध्यक्षद्धय चतुराखर अधिकारी र लक्ष्मीप्रसाद त्रिपाठी, पदाधिकरी, सचिवालयमा कार्यरत कर्मचारीहरु निजको निवासमा गई सोक मनाउनुको साथै संघको तर्फवाट लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक कोषाध्यक्ष एकराज जमरकट्टेलले राहत स्वरुप रु ५००००। को चेक मृतकका श्रीमती सविता त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको छ ।