रजत स्तम्भ निर्माण गरिने
पोखरा, ११ जेष्ठ ।
लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो स्थापना कालको २५ वर्षको अवसर विभिन्न कार्यक्रमहरु गरि मनाउने शिलशिलामा रजत स्तम्भ निर्माण गर्ने कार्ययोजना बमोजिम आज बुधवार एक समारोहका विच संघका अध्यक्ष छत्रधर आत्रेयले विहान ७ः४५ को शुभसाईत पारि संघको परिसर भित्र रजत स्तम्भ निर्माण कार्यको विधिवत रुपमा सिलन्यास गर्नुभएको छ ।
सो अवसरमा रजत स्तम्भ निर्माण उपसमितिका संयोजक भरतकुमार अधिकारीले रजत स्तम्भको डिजाईन बारे संक्षिप्त जानकारी गराउनुभएको थियो भने संघका पुर्व अध्यक्ष एवं रजत स्मारीका प्रकाशन उपसमिति संयोजक चतुराखर अधिकारीले रजत स्मारीका प्रकाशन सम्वन्धी भएका प्रगतिको बारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पुर्व अध्यक्षहरु, पदाधिकारी, कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको कार्यक्रम संचालन संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले गर्नुभएको थियो ।