पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख लगायतका जनप्रतिनिधिलाई स्वागत तथा बधाई
जेष्ठ १५, २०७९
पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले म भनेर होईन हामी भनेर पोखरा बनाउनु पर्ने बताउनुभयो ।
लेखनाथ उद्योग बाणिज्य संघले आईतवार नवनिर्वाचित जनप्रतिनिधीहरुको सम्मानमा राखेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रमुख आचार्यले समग्र पोखरा उपत्यकाको विकासका लागि सामुहिक भावनाले अगाडी वढ्न आग्रह गर्नुहुर्दै पोखराको विकासका लागि निजी क्षेत्रसगँ सहकार्य गर्दै अगाडी वढ्ने बताउनु भएको छ ।
पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गराउदै यहाँ रहेका प्राकृतिक स्रोत र साधानको भरपुर रुपमा उपयोग गर्दै गे्रटर पोखराको अवधारण अनुसार जनतामा विकासको प्रत्याभुती हुने खालका काम गरेर देखाउने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
पोखराको विकासका लागि पहिलो आवश्यकता लेण्डफिल्ड साईड निर्माण गरि पोखरा एयरपोट संचालनमा ल्याउने र लामेआहलमा बन्ने पोखरा वसपार्क देखि औधोगिक क्षेत्र निर्माण गर्ने योजना प्रथामिकतामा परेको बताउनु भएको थियो ।
साथै प्रमुख आचार्यले पोखरा र लेखनाथ एकै ठाउँमा गापिय पनि मन र मुटुलाई सँगसगै जोड्न नसकिएको अवस्थामा पोखराको फेवाताल देखि बगेनासताल सम्म मेट्रोरेल संचालन र तालचोक देखि बेगनासतालसम्मको वाटो स्तरउन्नतीको काम तुरुन्त हुने पनि विश्वास दिलाउनुभएको थियो ।
सोही अवसरमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उत्पादकत्व बढाउने गरि भुमी बैकको अवधारणा अनुसार बाझो जग्गामा खेतीपाती गर्नका लागी कृषक प्रत्साहनका कार्यक्रमलाई अगाडी वढाउन निजी क्षेत्रको साथ सहयोगका लागि अपिल गर्नुभएको थियो ।
कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देविजंड्ड गुरुङले मादी गाउँपालिकालाई कृर्षि, पर्यटन र विद्युतिकरणको माध्यमबाट अगाडी वढाउने योजना रहेको बताउनुभएको थियो ।
यसै गरि सोही कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बावुराम गिरीले निजी क्षेत्र र स्थानीय निकायको सहकार्यमा स्वदेशमा नै रोजगारीका अवसरको सृजना गर्नका लागि उद्योग कलकारखाना स्थापना गरिनु पर्ने सुझाव राख्नुभएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जनप्रतिनीधि र ब्यवसायीहरुको सहकार्यबाट मात्र आर्थिक समृद्धिको परिकल्पना गर्न सकिनेमा जोड दिनुभएको थियो ।
उक्त अवसरमा रुपा र मादी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरु र पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका वडाअध्यक्ष र वडासदस्यहरुलाई सम्मान गरिएको थियो ।
संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको थियो ।