!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

सुर्खेत उवासंघको टोलीलाई लेखनाथमा स्वागत

LCCI News: Posted at 06/01/2022
...

सुर्खेत उवासंघको टोलीलाई लेखनाथमा स्वागत

लेखनाथ,१५ जेष्ठ ।

लेखनाथ उद्योग बाणिज्य संघले सुर्खेत उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई संघमा एक कार्यक्रमको आयोजना गरि आईतवार स्वागत तथा सम्मानको आयोजना गरेको छ ।

दुई संघ विचको भातृत्व तथा आत्मियता कायम गर्दै एक आपसमा अनुभव साटासाट गर्ने उद्देश्यले राखिएको छलफल कार्यक्रममा दुवै संघले गरेका काम र आगामी दिनमा गरिने योजनाका बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेलले ब्यवसायीक हितका लागि नेपाल उद्योग बाणिज्य महासंघले सरकारी निकायसँग आवाज उठाउनु पर्ने सुझाव राख्नु भएको थियो भने कोभिडका कारण मर्कामा परेका आमब्यवसायीहरुमा परेका समस्याहरु प्रति सरकारी निकायले जिम्मेवारी पुर्वक कार्य योजना ल्याउनु पर्नेमा जोड दिनुभएको थियो ।

सोही अवसरमा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरीले कृर्षिमा आधारित उद्योग कलकारखाना संचालन गरि स्वदेशी उत्पादनलाई प्रथामिकता दिनु पर्ने सुझाव राख्नु भएको थियो ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पुर्व अध्यक्षद्धय लक्ष्मी प्रसाद त्रिपाठी र कृष्णहरि भण्डारीले दुई सघका बिचको सम्वन्धलाई विस्तार गर्दै आगामी दिनमा भातृत्वको सम्वन्धलाई विस्तार गर्दै लैजाने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

संघका महासचिव उपेन्द्रराज सुबेदी (राजु)ले संचालन गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले गर्नु भएको थियो ।

 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: