लेखनाथमा सिलाई बिषयको एडभान्स तालिम शुरुवात
लेखनाथ ,२६ जेष्ठ
लेखनाथ उद्योग बाणिज्य संघको संयोजन, अन्नपुर्ण बहुप्राबिधिक शिक्षालयको आयोजना र व्यवसायीक सिप तथा तालिम परिषद ऋत्भ्ख्त् गण्डकी प्रदेशको सहयोगमा २७ दिने सिलाई कटाई बिषयको एडभान्स तालिम बिहीवार देखि लेखनाथ उद्योग बाणिज्य संघको तालिम कक्षमा शुरु भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं तालिम व्यवस्थापन उपसमिति संयोजक ध्रुबबावु भट्टराईको संयोजकत्वमा उद्घाटन शत्र सम्पन्न भएको हो ।
तालिमको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै संघका अध्यक्ष छत्रधर आत्रेयले यस्ता किसिमका प्राबिधिक तालिमबाट बजारमा रोजगारी सृजना भई आय आर्जनमा टेवा पुग्न जाने बताउनु भएको थियो । सोही अवसरमा मन्तव्य राख्नु हुंदै अन्नपुर्ण बहु–प्राबिधिक शिक्षालय ढिकुरपोखरी कास्कीका प्राचार्य मोतिमाया सुवेदीले यस्ता किसिमका एडभान्स तालिमबाट सिप सिकेका तर समय समयमा बजारमा आउने नयां डिजाईनका सामानहरु तयार गर्न असजीलो हुनेहरुका लागि सहज भई आयआर्जन गर्न महत्वपुर्ण साबित हुनेमा जोड दिनु हुंदै ऋत्भ्ख्त् बाट सम्बन्धन प्राप्त यस शिक्षालयले बजारको माग अनुसार बिभिन्न किसिमका सिप बिकास तालिम उपलव्ध गराउदै आएको जानकारी गराउनु हुंदै यो तालिम उत्कृष्ट रुपले सम्पन्न गर्न सहभागि समक्ष आग्रह गर्नु भएको थियो ।
तालिम उद्घाटन समारोहमा संघका पुर्व अध्यक्ष एवं नेउवा महासंघ केन्द्रिय सदस्य बाबुराम गिरी, पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी, बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्धितिय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, कोषाध्यक्ष भरतराज ओझा, उपमहासचिव जानुका पराजुली अधिकारी लगायत कार्यसमिति सदस्यहरु उपस्थिति रहेकोे तालिममा २० जनाको सहभागीता रहेको र कार्यक्रमकोे संचालन संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले गर्नु भएको थियो ।