!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघमा बक्तृत्वकला

LCCI News: Posted at 07/11/2022
...

लेउवा संघमा बक्तृत्वकला

लेखनाथ,१७ असार ।

लेखनाथ उद्योग बाणिज्य संघले आफ्नो रजत वर्षका अवसरमा शुक्रवार विद्यालयल स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

रजत बर्षलाई विविध कार्यक्रमका साथ मनाउने उदेस्यले आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा युनिभर्स बोडिङ स्कुल पोखरा ३२ का करुणा शर्माले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।

विभिन्न चार वटा शीर्षक अन्तरगत १९ प्रतिश्पर्धीहरु मध्येबाट त्रिभुवन शान्ति मा.बि.का प्रशिद्धि ओझा द्धितीय, डायमण्ड मा.वि.का रक्षा अधिकारी तृतीय स्थान हासिल गरेका थिए भने न्यूलाईट मा.वि.का युरिका सुवेदी, नेपाल आदर्शका मा.बि.का स्वागत भुषाल, लेखनाथ पब्लिक स्कुलका बिबेक अधिकारी र गोगन मा.वि.की स्मृती ढकालले सान्त्वोेना स्थान हासिल गरेका थिए ।

लेउवा संघका उपमहासचिव जानुका पराजुली अधिकारीको अध्यक्षतामा भएको उक्त प्रतियोगिताका निर्णायकहरुमा बिन्ध्यबासीनी सस्कृत बिद्यापीठ पोखराका क्याम्पस प्रमुख डा. जगन्नाथ रेग्मी, पृथ्वीनारायण क्याम्पस पोखराका उप प्राध्यापक सुरज पौडेल र कन्या क्याम्पस पोखराका उप प्रध्यापक डा. भुमिराज वस्ताकोटी रहेका थिए ।

संघका अध्यक्ष छत्रधर आत्रेय, निवर्तमान अध्यक्ष बलराम ढकाल, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्षहरु, पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, संघका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको संचालन महासचिव उपेन्द्रराज सुवेदी (राजु) गर्नु भएको थियो ।

 

 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: