लेउवा संघमा दौड प्रतियोगीता
लेखनाथ,१८ असार ।
रजत बर्षको अवसरमा लेखनाथ उद्योग बाणिज्य संघले शनिवार सदस्यहरु बीच दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
रजत बर्षलाई विविध कार्यक्रमका साथ मनाउने उदेश्य लिई आयोजना गरिएको महिला तथा पुरुष व्यवसायीहरु बिच भएको दौड प्रतियोगीतामा महिला तर्पm माछापुच्छ्रे गार्मेन्टका संचालक चोलीमाया थापा र पुरुष तर्पm स्मार्ट बहुउदेश्यीय कृषि फर्मका संचालक राहुल थापाले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ ।
विभिन्न व्यवसायीक प्रतिष्ठानका ९१ जना उद्योगी व्यवसायी प्रतिस्पर्धिहरु मध्येबाट महिला व्यवसायी तर्पm सुष्मा सापकोटा द्धितिय, छायां बसौला तृतिय, सरस्वती वराल, ईन्दु जिसी र एलिसा वराल क्रमश चौथो, पाचौं र छैटौ स्थान प्राप्त गर्न सफल हुनुभएकोे छ भने पुरुष तर्पm महेन्द्र नेपाली द्धितिय, मदनकुमार थापा तृतिय, खिमनाथ शर्मा, अपिल सुबेदी र प्रकाश भुर्तेल क्रमश चौथो, पांचौ र छैटौ स्थान प्राप्त गर्न सफल हुनुभएको छ । यसै गरी पुर्व अध्यक्ष तर्फ सुमन भट्टराई प्रथम हुन सफल हुनु भएको छ ।
लेउवा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाकोे अध्यक्षतामा भएको प्रतियोगीताको निर्णायकहरुमा बिभिन्न दौड प्रतियोगीताका च्याम्पीयनहरु सिद्धान्त अधिकारी, मनिषा अधिकारी, गोपबहादुर अधिकारी, हरि वरुवाल र गजबहादुर गुरुङ रहनु भएको थियो ।
संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले संचालन गर्नु भएको कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै सवै सहभागी एवं बिजयीहरु लाई धन्यवाद सहित कार्यक्रमको समापन संघका अध्यक्ष छत्रधर आत्रेयले गर्नु भएको थियो ।