!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघ २६ औ वर्षमा प्रबेश

LCCI News: Posted at 07/11/2022
...

लेउवा संघ २६ औ वर्षमा प्रबेश

आर्थीक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य अवस्यक , मुख्यमन्त्री

लेखनाथ,२० असार ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी प्रदेशलाई आर्थीक समृद्धिको राजधानी बनाउनका लागि निजी क्षेत्र सँगको सहकार्य अपरिहार्य भएको बताउनु भएको छ ।

लेखनाथ उद्योग बाणिज्य संघको २६ औ स्थापना दिवस तथा २५ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले लगानी गरेर उद्योग धन्दा संचालन गर्नु भन्दा निजी क्षेत्रलाई लगानी मैत्री वातावरण सृजनागरि स्वदेशमा नै रोजगारीका सम्भावना निर्माण गर्नु पर्ने आवश्यकता औल्याउदै निजी क्षेत्र र सरकारका विचको सहकार्य अनिवार्य भएको बताउनु भएको हो ।

गण्डकी प्रदेश सरकार निजी क्षेत्रका समस्या प्रति गम्भीर रहेकाले कुन ठाँउमा के को आवस्यकता छ सोही अनुरुप काम गर्न सरकार तयार रहेको बताउदै गण्डकी प्रदेश स्तरिय औधोगिक क्षेत्र निर्माणका लागि ठाउको चयन अन्तिम चरणमा पुगेको विश्वास दिलाउनु भएको थियो ।

सोही अवसरमा गण्डकी प्रदेशका उर्जा तथा जलस्रोत मन्त्री हरिशरण आचार्यले उत्पादनविना देश विकासको कल्पना गर्न नसकिने भएकाले स्वदेशी कच्चा पदार्थमा आधारीत उद्योग धन्दा संचालनका लागि राज्यले लगानी वढाएको विचार राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशी उत्पादनलाई प्रथामिकतामा राखेर आयातीत वस्तुको न्यूनिकरण गर्ने योजना सरकारले ल्याउनु पर्ने सुझाव दिनुभएको थियो भने पोखरा विश्वविद्यालयका उप कुलपति प्रा.डा.प्रेम नारायण अर्यालले दक्ष जनशक्ती निर्माणको आधार भनेको राज्यको निती भएकाले सोही अनुसार राज्यले पनि निती बनाउनु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङ, नेपाली काग्रेस कास्कीका सभापति किशोर दत्त बराल, रुपा गाउ पालीकाका अध्यक्ष नवराज ओझा, पर्यटन ब्यवसायी पुष्पराज अधिकारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, तनहु् उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र श्रेष्ठ लगायतले विहान बेलुकाको छाक टार्नका लागि मात्र नभई ब्यवसायको माध्यमबाट देश बिकासको अभियानमा जोडिनु पर्ने बिचार राख्नु भएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष एवं कार्यक्रमका सभापती छत्रधर आत्रेयले गण्डकी प्रदेश स्तरिय औधोगिक क्षेत्रको अवश्यकता, पोखरा र लेखनाथ मिलाएर महानगर बनाउदा कुन कुन फाईदा र कुनकुन बेफाईदा भयो समक्षिा गर्नु पर्ने बेला आएको बताउनु हुंदैै राष्ट्रिय उत्पादन बढाउनका लागि कृषिमा आधारित उद्योग धन्दालाई प्रथामिकता दिनु पर्ने सुझाव राख्नु भएको थियो । संघका महासचिव उपेन्द्रराज सुवेदी राजुले संचालन गरेको कार्यक्रमको धन्यवाद ज्ञापन सहित समापन बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले गर्नु भएको थियो ।

 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: