!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

पोउवा संघको नवनिर्वाचित टोलीलाई लेउवा संघद्धारा स्वागत

LCCI News: Posted at 09/16/2022
...

पोउवा संघको नवनिर्वाचित टोलीलाई लेउवा संघद्धारा स्वागत

लेखनाथ, भाद्र २८ । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित टोलीलाई मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ ।

पोखरा उद्योग वाािज्य संघको हालै सम्पन्न ३४ औं महाधिवेशनवाट निर्वाचित हुन सफल अध्यक्ष पवन कुमार प्रजापति सहित सम्पुर्ण टिमलाई पहिलो पटक लेखनाथ उद्योग वाणिज्य संघले स्वागत गरी सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले कास्कीमा रहेका दुई उद्योग वाणिज्य संघ आपसमा मिलेर व्यवसायीहरुको हक हित र प्रवद्र्धनका लागी साझा एजेण्डा बनाएर अगाडी वढ्नुपर्ने वताउनु भएको थियो ।

उहाँले पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लेखनाथ क्षेत्रमा शिक्षा, स्वास्थ्य कृषि र पर्यटनको क्षेत्रमा अझै सम्भावनाका ढोकाहरु खुल्ने र यसका लागी आवश्यक पुर्वाधारहरु निर्माणका लागी सम्पुर्णको पहल र प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले दुई संघ विचको भातृत्व र भाईचाराको सम्बन्धलाई अझ एकतावद्ध बनाएर अगाढी वढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी (राज)ु र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको थियो ।

 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: