व्यवसायी र बैंकर्सहरुविच अन्र्तक्रिया
लेखनाथ,१४ असोज।
लेखनाथ उद्योग बाणिज्य संघले ब्यवसायीहरु र बैकर्स विच छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल राष्ट्र बंैक पोखरा शाखाका प्रमुख रामशरण खरेलले अवको केही समयमा अर्थतन्त्रमा सुधार आउने बिश्वास ब्यक्त गर्नुभएको छ ।
प्रमुख खरेलले वर्तमान अवस्थामा अर्थतन्त्रमा देखिएका समस्याका कारण ब्यवसायीहरुमा केही अप्ठ्यारो अवस्था आए पनि यसको सहि निकासका लागि राष्ट्र बैक चिन्तनशिल भएकाले अव छिटै यो अवस्थाको अन्त्य हुने विश्वास दिलाउनुभएको थियो ।
कोभिडका कारण विश्व अर्थतन्त्रमा नकरात्मक असर परेको र त्यसको प्रभाव नेपालमा पनि परेको कुरालाई मनन गर्दै प्रमुख खरेलले “पोखरा बोल्छ र सुन्नु पर्छ” भन्ने मान्यता केन्द्रमा पनि स्थापित भएकाले यहाँका ब्यवसायिहरुको जुन आवाज छ त्यसले सकरात्मक सन्देश दिने भएकाले अर्थतन्त्रलाई पुर्ववत अवस्थामा ल्याउनमा पनि ब्यवसायिहरुको साथ र सहयोग चाहिने बताउनुभएको थियो ।
सरकारले ल्याएको मौद्रीक निती देखि रेमिटियान्समा देखिएको सुधार र पर्यटन आगवनमा भएको बृद्धिले यसलाई सहज तुल्याउने र राष्ट्र बंैकले पनि बैकहरुलाई उत्पादनशिल क्षेत्रमा लागनी वढाउन प्रेरित गरेकाले अवका केही दिनमा अर्थत्रन्त्रमा क्रमश सुधार आउने उहाँको भनाई रहेको थियो ।
सोही अवसरमा नेपाल बंैकर्स एशोसियसनका गण्डकी प्रदेशका अध्यक्ष सबिन केसीले बंैकहरुमा देखिएको अस्वच्छ ब्याजको प्रतिस्पर्धा र लगानीका सम्भावनाको खोजी नगर्दा अर्थतन्त्रमा कमजोर अवस्था आएकाले यसलाईको निराकरणका लागि राष्ट्र बैकले अहम भुमिका निभाउनै पर्ने सुभाव राख्नुभएको थियो ।
कार्यक्रममा ग्रीन डेभलमेण्ट बैकका निमित्त कार्यकारी निर्देशक हरि बुढाथोकीले लगानीमैत्री वातावरण सृजना गरि उत्पादनशिल क्षेत्रमा लगानी गर्न सरकारले प्रेरित गर्ने हो भने दुई चार महिनामा नै अर्थतन्त्रमा सुधारका लक्ष्यणह्ररु देखिने धारणा राख्नुभएको थियो ।
सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरीले अर्थतन्त्रमा देखिएको विषम परिस्थितिलाई समयमा नै निराकरण नगर्ने हो भने अझ बढि समस्या आउनेतर्फ संकेत गर्दै यसका लागि साझा अवधारणाको खाँचो रहेको औल्याउनुभएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष छत्रधर आत्रेयले ब्यसायीहरुमा लगानी गर्ने अवस्था नभएकाले कसरी धानिने भन्ने मात्र चिन्ता रहेकाले यसको समधानका लागि राष्ट्र बैकले सहि निती र कार्य योजना ल्याउनु पर्ने सुझाव राख्नुभएको थियो ।
संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले संचालन गर्नुभएकोे कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले गर्नुभएको थियो ।
थियो ।