सहकारी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम
कार्तिक ३, लेखनाथ
विद्यमान तरलता अभाव र सहकारी तथा वित्तीय संघ संस्थाहरुले भोग्नुपरेका समस्या लगायतका विषयलाई लिएर यस क्षेत्रमा रहेका विभिन्न सहकारी संस्थाहरुका लागि विहिवार लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा सहकारी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीका निवर्तमान अध्यक्ष एवं सहकारी कर्मी सुदिप ढकालले सहकारीको महत्व, सहकारीले अवका दिनमा गर्नुपर्ने काम र संचालक समिति र व्यवस्थापकले खेल्नुपर्ने भुमिकाका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
करिब ६० सहकारीका अध्यक्ष, प्रतिनिधि र व्यवस्थापकहरुको उपस्थिति रहेको सो प्रशिक्षण कार्यक्रममा संबृद्धि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुमन भट्टराईले प्रशिक्षण अति फलदायि भएको र यस्ता किसिमका कार्यक्रमहरु जो व्यवसायी, तथा सदस्यहरुका लागि उपलव्धीमुलक हुन्छन् संघले आगामी दिनमा निरन्तरता दिदै जानुपर्ने बताउनुभएको थियो ।
त्यसैगरि पोखरा महानगरपालिका सहकारी महाशाखा समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीहरुहरुलाई सुव्यवस्थित बनाउन आफू लागिपरेको बताउनुहुदै सहकारी क्षेत्रमा यस्ता उताबचढाव धेरै आउछन् र यसबाट विचलित नभई सामाजिक परिवर्तनका लागि सवै आर्थिक सामाजिक विकासका लागि लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको सभापतित्वमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष बावुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी, पोखरा उवा संघका प्रतिनिधि लगायत सहकारी संस्थाका अध्यक्ष, प्रतिनिधि र व्यवस्थापकहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रम संचालन महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले गर्नुभएको थियो ।