लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको १६ औं संस्करणको लेखनाथ महोत्सव २०७६ का लागि स्टल बुकिङ खुल्ला गरेको छ । महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संबृद्धि भन्ने मुल नाराका साथ पौष ३ गते देखि १५ गते सम्म संचालन हुने १६ औं संकरणको महोत्वका लागि मंसिर १ गते देखि स्टल बुकिङ खुलेको संघका कार्यालय प्रमुख पवित्रा श्रेष्ठले जानकारी दिएकी छन् । बुकिङ खुलेको पहिलो दिनमा नै फुड फेस्टिबल तर्फका सम्पूर्ण स्टल बुकिङ भएको छ भने फेन्सी तथा गार्मेन्ट, किचन सामाग्री, जनरल अन्तर्गत करिब ६० प्रतिशत स्टल बुकिङ सकिएको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए । यसैविच महोत्वसको तयारीका लागि गठन गरिएका विभिन्न उपसमितिहरुको बैठक समेत भइरहेको संघले जानकारी दिएको छ । जस अन्तरगत आईतवार झाँकी र्याली ब्यवस्थापन उप समितिको बैठक वसी विगतका महोत्सवमा जस्तै यस वर्ष पनि स्थानीय कला र सस्कृतीको संरक्षण गर्ने हेतुले विभिन्न जात जातीको झाकी ¥याली प्रस्तुत गरिने संयोजक बुद्धि कुमारी थापा मगरले जानकारी दिएकी छन् ।