लेखनाथ १८ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारलाई पुर्ण अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
लेखनाथ उद्योग बाणिज्य संघले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रि तथा मन्त्रीहरुको सम्मानमा आयोजना गरेको बधाई तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले ब्यवस्था फेरिए पनि केन्द्रिकृत प्रवृती भने नफेरिएकाले यसलाई सुधार गर्नु पर्ने आवश्यकता रहेको वताउनु भएको हो ।
स्थानीय तह पुर्णअधिकार सम्पन्न रहेको तर प्रदेशलाई दिएका अधिकार केन्द्रिकृत भएकाले यसलाई सुधार गरि अधिकार सम्पन्न प्रदेश सरकार बनाउने तर्फ आफ्नो प्रयास रहने विचार राख्दै मुख्यमन्त्रि अधिकारीले प्रदेश सरकारको अनुभव आफनो लागि पहिलो भएपनि विकासका क्षेत्रमा कहिल्यै गल्ती नगर्ने र भष्टचारसँग नाता पनि नगास्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथ क्षेत्रमा रहेका ताल तलैयामा पर्यटन गतिविधि, औद्योगिक क्षेत्र, तालचोक देखि बेगनासतालसम्मको बाटो विस्तार एवं कोरला सुस्ता नाकाको विस्तार, पोखरा अन्तराष्ट्रिय विमानस्थल, कृषि उद्योगमा आएका समस्या लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै लेखनाथ उद्योग वाणिज्य संघ सवै किसिमको विकासका लागि हातेमालो गर्न तयार रहेको बताउनु भएको थियो ।
जनस्तरबाट सुझाव समेत संकलन गरिएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडान भर्न पहल गर्नुपर्ने, बेगनासतालमा वाटर स्पोर्ट र पर्यटन गतिविधिका लागि निजी क्षेत्र तत्पर रहेको बताउनुभएको थियो । त्यसैगरि लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले पृथ्वीराजमार्ग विस्तारका क्रममा पर्ने खानेपानीको पाईपमा हुने क्षतिका बारेमा सरकारले ध्यान दिनु पर्ने सुझाव राख्नुभएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र महासचिव उपेन्द्रराज सुवेदी(राजु) ले उद्योग एवंम उद्यमशिलता, पर्यटन विकास र ब्यवसायीक क्षेत्रमा परेका समस्याका बारेमा प्रदेश सरकारले एकिकृत विकासका योजना ल्याउनु पर्ने र त्यसमा ब्यवसायीहरु सरकारको सहयात्री भएर विकासमा जोडिनेमा वताउनुभएको थियो ।
See insights and ads
All reactions:
1111