लेखनाथ, ०५ फागुन ।
महोत्सव लेखनाथको संस्कृति स्थानीय विकास र संबृद्धि भन्ने मुल नाराका साथ यहि पुस ७ गते देखि १८ सम्म संचालित १८ औं संस्करणको लेखनाथ महोत्सवको समिक्षा शुक्रबार सम्पन्न भयो ।
यस वर्षको महोत्सवको आकर्षणको रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि बेगनासतालको प्रतिबिम्ब, शैक्षिक प्रदर्शनी, ग्रामिण प्रविधि प्रदर्शनी, कृषि प्रदर्शनी, स्टेज कार्यक्रम र उत्कृष्ट स्टल सहभागिता लगायतकाले महोत्सवलाई अझ भव्य र सव्य बनाएको सवै उपस्थित सहभागिबाट समिक्षा गरिएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न भएको १८ औं महोत्सवको समिक्षामा निर्देशक समिति, विभिन्न उपसमितिका संयोजक, सहसंयोजक, सल्लाहकार, कार्यसम्पादन समिति, जातजातिका संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुले महोत्सवमा सवैको सामुहिक प्रयास र सहभागिताबाट महोत्सव सफल बनेको र महोत्सवमा भएका राम्रा पक्ष र आगामी महोत्सवमा सुधार गर्नुपर्ने सुझावहरु राख्नुभएको थियो ।
लेखनाथ महोत्सव को १९ औं संस्करण आगामी २०८० साल पौष ५ गते देखि १६ गते सम्म आयोजना हुने र यस महोत्सव २०७९ संचालनका लागि गठन भएका सवै प्रकारका समिति, उपसमिति आजैकै मितिबाट विगठन भएको जानकारी मुलसंयोजक छत्रधर आत्रेयले गराउनुभएको थियो ।
उक्त कार्यक्रमको संचालन संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले गर्नुका साथै धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले गर्नुभएको थियो ।