!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

करदाता शिक्षा, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

LCCI News: Posted at 06/02/2023
...

जेष्ठ ५, पोखरा

लेखनाथ उद्योग बाणिज्य संघको आयोजना र आन्तरिक राजस्व कार्यालय पोखराको संमन्वयमा यस क्षेत्रका उद्योगी व्यवसायीहरुका लागि करदाता शिक्षा, छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा करदाता शिक्षा कार्यक्रममा करदाताहरुले राजश्व संकलन प्रणाली, राज्य नीतिका कारण भएको समस्या तथा कर कार्यालयबाट दिईने सेवा सुविधा माथी राखेका विभिन्न जिज्ञासा तथा सुझाब माथि प्रस्ट पार्नुहुदैं प्रमुख कर अधिकृत शर्माले कार्यालयबाट दिईने सेवासुविधालाई अझ व्यवस्थित बनाउदैं आईरहेको र केहि समस्या भएमा प्रत्यक्ष आफुलाई भेट्न आग्रह गर्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा अध्यक्ष आत्रेयले वर्तमान अवस्थामा व्यवसायीहरु तिन तहको करको मारमा परिरहेकोहुदां एक ठाउँमा मात्र कर तिर्ने वातावरण मिलाउनुपर्ने र करको दर होइन दायरा बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

आन्तरिक राजश्व कार्यालयका कर अधिकृतद्धय प्रमोद श्रीबास्तब र गोपाल गिरीले वर्तमान, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्षद्धय लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरी भण्डारी, संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, वस्तुगत संघ संस्थाका अध्यक्ष, बजार व्यवस्थापन समितिका अध्यक्ष, उपसमिति संयोजक लगायत यस क्षेत्रका ५५ उद्योगी व्यवसायीहरुको उपस्थिति रहको उक्त कार्यक्रम संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले संचालन गर्नुभएको भने बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुहुदैं कार्यक्रम समापन गर्नुभएको थियो ।

 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: