!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ उद्योग वाणिज्य संघमा ढकाल, सम्पूर्ण पद निर्विरोध

LCCI News: Posted at 10/02/2019
...

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा बलराम ढकाल निर्विरोध निर्वाचित भएका छन् । १२ औं अधिवेशनका लागि मंगलबार मनोनयन दर्ता गर्ने क्रममा अध्यक्षमा ढकालको मात्रै उम्मेदवारी परेको हो । संघको वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, महासचिवमा गोपिचन्द्र वास्तोला, उपमहासचिव राजु सुवेदी र कोषाध्यक्ष जानुका पराजुली निर्विरोध निर्वाचित भएका छन् । खुल्ला सदस्यहरुमा भरतराज ओझा, भीमबहादुर नेपाली काइला, रामजी पौडेल, धिरजकुमार श्रेष्ठ, बुद्धिप्रसाद बास्तोला, मेनुका श्रेष्ठ, रामजी पौडेल, राधाकृष्ण अधिकारी, शैलेन्द्रमोहन भट्टराई पनि सर्वसम्मत भएका छन् । महिला सदस्यमा डिलकुमारी दाहाल (सन्ध्या), इन्दिरा रोक्का, एसोसिएट सदस्यमा बिक्रम कर्माचार्य, संस्थागत सदस्यमा सुदेब गुरुङ सर्वसम्मत निर्वाचित भएको पूर्व अध्यक्ष बाबुराम गिरीले जानकारी दिए । ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: