!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

१६ औं संस्करणको लेखनाथ महोत्सवमा सूचना प्रविधीको प्रदर्शन गरिने

LCCI News: Posted at 11/20/2019
...

लेखनाथ, ४मंसिर । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी षौष ३ गते देखि १५ गते सम्म आयोजना गरिने १६ औं संस्करणको लेखनाथ महोत्सवमा सूचना प्रविधीको प्रदर्शन गरिने भएको छ । महोत्सव भित्रको पनि महोत्सवका रुपमा चिनिएको १६ औं सस्करणको लेखनाथ महोत्सवमा आम जनमानसमा सुचना र प्रविधिका बारेमा जानकारी दिने उदेस्यले सो सगँ सम्वन्धित स्टलहरु राखिने भएको छ । बिश्व ब्यापी नयाँ नयाँ प्रबिधिमार्फत महोत्सव स्थलबाट पनि दर्शकहरुलाई जानकारी गराउने सकिने हेतुले यस बर्ष अन्य स्टल भन्दा फरक सैलीमा डुम भित्र ३० बटा स्टलहरु निमार्ण गरिने भएको हो । सुचना प्रविधी प्रदशर्नीको प्रायोजक पोखरा इन्टरनेट प्रा.लि.ले गर्ने भएको छ । महोत्सव आउन अव एक महिना बाकी रहेको अवस्थमा सुचना र प्रविधीका स्टलहरुलाई कसरी प्रभाकारी बनाउन सकिन्छ भन्ने उदेस्यले मंगलवार सुचना प्रविधी उप समितिको बैठकले तयारीलाई तिव्रताका साथ अगाडी वढाउने र स्टल भित्र मोवाईल,कम्प्युटर,टिभी लगाएत अन्य आइटीसगँ सम्वन्धित स्टलहरु प्रथामिकता दिने निर्णय गरेको छ भने अहिलेसम्म करिव १५ वटा स्टलहरु बुकिङ भएको बताईएको छ । आगामी पौष ३ गते देखि १५गते सम्म संचालन हुने महोत्सवलाई विभिन्न तहबाट तयारी गर्नका लागि गठित बिभिन्न उप समितिहरु मध्य सुचना र प्रविधी उप समितिका संयोजक तथा कार्यसमिति सदस्य बुद्धि प्रसाद बास्तोलाको अध्यक्षतामा भएको भेलामा आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल,महसचिव गोपिचन्द्र वास्तोला लगाएतले महोत्सवलाई सवै क्षेत्रको साथ र सहयोग प्राप्त भएकाले प्रभावकारी तरिकाले अगाडी वढ्न अनुरोध गरिएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: