!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

बिकासका लागि साझेदारः प्रजिअ घिमिरे

LCCI News: Posted at 06/02/2023
...

लेखनाथ, १७ जेठ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले शान्ति सुरक्षा र विकास निर्माणका लागि सहयोग, सहकार्य र साझेदारी अनिवार्य भएको बताउनुभएको हो ।

कास्कीमा भरखरै मात्र मन्त्रालयबाट सरुवा भई आउनु भएका घिमिरेको सम्मानमा राखिएको स्वागत तथा ब्यवसायी विचको छलफल कार्यक्रममा बोल्नुहुदैं प्रजिय घिमिरेले समग्र कास्की जिल्लाको विकासका लागि पहिलो चरणमा साना, साना कामबाट सुरु गरि जनताले शान्ति सुरक्षाको माध्यमबाट परिवर्तनको महशुस हुने गरि काम गर्नेमा जोड दिनुभएको थियो ।

शान्ति सुरक्षा बिना औद्योगिक वातावरण नहुने तर्क राख्दै प्रजिअ घिमिरेले ब्यवासायिक धर्म र मर्मलाई ध्यानमा राखि असल समाज निमार्णका लागि नागरिकमा पनि असल बानी ब्यवहारको आवश्यकता रहने सुझाव राख्नुभएको थियो ।

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले समग्र कास्की जिल्लाको आर्थिक, सामाजिक तथा राजनीतिक चेतनाको लागि प्रशासनले शान्ति सुरक्षाको माध्यमबाट लगानी मैत्री वातावरण सृजना गर्नु पर्नेमा धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख सुमन कुमार तिमिल्सेनाले दुर्घटना न्यूनिकरणका लागि नागरिकको तर्फबाट हातेमालो र सहकार्यको आवश्यकता औल्याउनुभएको थियो ।

संघका अध्यक्ष छत्रधर आत्रेयले यस क्षेत्रको वस्तु स्थिति र आवश्यकताका बारेमा जानकारी गराउनुभएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद र महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: