!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथमा उद्यमशिलताको सम्भावना तथा विकास विषयक कार्यशाला गोष्ठि

LCCI News: Posted at 06/19/2023
...

लेखनाथ, ३२ जेठ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा अन्तरप्रेरणा प्रा. लि. ललितपुर को सहकार्यमा लेखनाथ क्षेत्रमा उद्यमशिलताको सम्भावना तथा विकास विषयक २ दिने कार्यशाला गोष्ठि विहिवार सम्पन्न भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति र नयाँ उद्यमीहरुको सहभागिता रहेको उक्त गोष्ठिमा अन्तरप्रेरणा प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत निरज खनाल र श्रद्धा शाक्यले यस क्षेत्रमा उद्यमशिलता विकास, स्टार्टअप लघु, घरेलु साना तथा मझौला व्यवसायहरुलाई योजना अनुरुपको बृद्धि र स्तरिकृत गर्न आगामी दिनमा संघले खेल्नु पर्ने भुमिका वारे छलफल तथा समुहमा कार्यशाला गराउनुभएको थियो ।

सोहि अवसरमा यस क्षेत्रमा रहेका स्थानीय सरोकारवालाहरुको क्षमता विकास गरि स्थानीय स्तरमा उद्यमशिलता इकोसिस्टमलाई बढावा दिने वातावरणको सिजर्ना गर्न सहकार्य गर्ने, संघलाई आवश्यक बौद्धिक सहयोग पुर्याउने त्यसैगरि स्टार्टअप र घरेलु साना तथा मझौला व्यवसायलाई विकास गर्न सहयोग गर्ने मुख्य उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र अन्तरप्रेरणा प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत निरज खनाल विच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

समाप्त
 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: