!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

ब्यवसायिका समस्या सुन्दै लेउवा संघ

LCCI News: Posted at 06/23/2023
...

लेखनाथ, ६ असार । आफना ब्यवसायि सदस्यहरुको समस्या बुझना लागी लेखनाथ उद्योग वाणिज्य संघले टोल टोलमा पुगी सुझाव संकलनको अभियान संचालन गरेको छ ।

संघद्धारा गठित बजार ब्यवस्थापन समितिको अग्रसरमा मुख्य मुख्य बजार केन्द्रमा पुगी ब्यवसायिसगँ अन्तरक्रिया गर्दै त्यहाँ देखिएका समस्यलाई लिपिबद्ध गर्दै नितीगत रुपमा के गर्न सकिन्छ भन्ने बारेमा लेखनाथ उद्योग बाणिज्य संघ ब्यवसायिको घरदैलोमा पुगेको हो ।

यहि असार ६ गते देखि १३ गतेसम्म विभिन्न बजार ब्यवस्थाप समितिहरुमा कार्यक्रम गर्दै ब्यवसायिका साझा समस्यालाई नितीगत रुपमा नै समाधान देखि सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने उदेस्यले सुझाव संकलनको अभियान संचालन गरिएको हो ।

यसैक्रममा बुधवार संघले पोखरा ३० र २९ को पावरहाउसमा र पोखरा २६ को बुढिवजारमा राखिएको ब्यवसायिहरुको भेलामा सुझाव संकलन गरेको हो ।

पोखरा २९ को पावर हाउसको कार्यक्रममा बोल्दै संघका अध्यक्ष छत्रधर आत्रेयले ब्यवसायिका साझा समस्याहरुका बारेमा चिन्तनसिल रहेको बताउदै नितीगत रुपमा नै समास्या समाधानका उपायहरु अपनाउने विश्वास दिलाएका थिए ।

पावर हाउस बजार ब्यवस्थापन समितिका अध्यक्ष पदमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ,द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा,कोषध्यक्ष भरतराज ओझा लगाएतले देशको कमजोर आर्थीक अवस्थाका कारण सिर्र्जीत समस्या प्रति संघको गम्भीर ध्यानकर्षण भएको बताएका थिए ।

यसैगरि पोखरा २६ को बुढिबजार बजार ब्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष छत्रधर आत्रेय,बजार ब्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझा संघका पुर्व अध्यक्ष बलराम ढकाल,लक्ष्मीप्रसाद त्रिपाठी,वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र उप महासचिव जानुका अधिकारीले ब्यवसायिहरुको हक हितका लागि तालिम,ब्यवसायिक परामर्श देखि बजारमा देखिएको पोके ब्यापारीका कारण पर्न गएको असुविधा प्रति सम्वन्धित निकायमा आवज उठाउने र समस्याको दिर्घकालिन रुपमा निवारण गर्नका लागि पहल कदमी गर्ने प्रतिवद्धता जनाएका थिए 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: